समायेाजन खबर १ पैाष,काठमाडौं– कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाइ निर्वाचन अ।येागले बिजयकेा प्रमाणपत्र नदिएकेा भन्दै नेपाल अ।दीबासी जनजाति महासंघ,कुवेत श।खाकेा गम्भीर ध्यानाकर्षण सहित प्रेष बिज्ञप्ति जारी गरेकेा छ ।
शाखाका अध्यक्ष रमेश किरातीद्वारा हस्ताक्षरित सेाही बिज्ञप्तिमा राजपाबाट उम्मेदवार बनेका चौधरीले कैलाली क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार गरिमा शाहलाई २१ हजार मतान्तरले पराजित गर्दै निर्वाचिन भएका चैाधरीलाइ बिजयीकेा प्रमाणपत्र नदिएकेामा गम्भीर ध्यानाकर्षण भएकेा भन्दै अबिलम्ब प्रमाणपत्र उपलब्ध गराउन जेाडदार माग गरेकेा छ । साथै अ।दीबासी हकहितका निम्ति अ।न्देालनमा संलग्नहुँदा सरकारले लेाकतन्त्रकेा मुल्यमान्यतालाइ कुल्चेर प्रमाणपत्र दिन अ।लटाल गरेकेा भन्दै बिज्ञप्ति मार्फत भत्सर्ना समेत गरेकेा छ ।

के भन्छ त सर्वेाच्च अदालत ?
अदालत प्रशासनले भने कर्तव्य ज्यान मुद्दामा अदालतबाट ‘बारेन्ट नोटिस’ जारी भएको व्यक्तिले बारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाई गर्न नसकिने भन्दै रिट नै दर्ता गर्न अस्वीकार गरेपछि चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र नपाउने बताएका छन् ।
फरार रहँदाकै अवस्थामा वारेसनामा मार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि चौधरीले रञ्जिता चौधरीलाई बारेस दिँदै प्रमाणपत्र लिन पठाएका थिए। तर, जिल्ला निर्वाचन कार्यालयले आफैं उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो। निर्वाचन कार्यालयले निर्वाचित भएको व्यक्ति कर्तव्य ज्यान मुद्दामा आरोप लागेको भन्दै निर्वाचन आयोगमा प्रमाणपत्र पठाएको थियो।
केन्द्रीय निर्वाचन कार्यालयमा प्रमाणपत्र आएपछि चौधरीले सर्वोच्चमा बारेस मार्फत् रिट दर्ता गराउन ल्याएका थिए। तर, सर्वोच्च प्रशासनले अदालतको प्रक्रिया नै स्वीकार नगरेका चौधरीलाई बारेस मार्फत प्रमाणपत्र दिन माग गरिएको रिट दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेको हो। मुख्य रजिस्ट्रार नकुल सुवेदीले मुलुकी ऐनको व्यवस्था अन्तर्गत दर्ता भएको मुद्दालाई स्वीकार नगरेका कारण चौधरीलाई बारेस मार्फत प्रमाणपत्र दिने निवेदन दर्ता नहुने कारण देखाउँदै दरपीठ गरेका थिए ।
स्मरण रहेास २०७२ भदौ २७ मा थारुहट आन्दोलनमाका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology