• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तामाङ समाज जापानको अधिबेशन डिसेम्बेर १० मा हुने

तामाङ समाज जापानको अधिबेशन डिसेम्बेर १० मा हुने


समायोजन खबर
  • मंगलबार, मंसिर १२ २०७४

  • समायेाजन खबर,टोकियो,१२ मंसिर ।  नेपाल तामाङ समाज जापानको अधिबेशन डिसेम्बेर १० मा हुने भएको छ । तामाङ भाषा लिपि,कला संस्कृति र धर्मलाई संरक्षण प्रबर्दन र बिकासको टेवामा जोड दिदै तामाङ जातिको अर्थीक शैक्षिक र सु-सभ्य समाजको निर्मण गर्ने उधेश्यले २००९ मा स्थापना गरिएको नेपाल तामाङ समाज जापानको छैटौ अधिबेशनको लागि समाजले पहिलो चोटि अनलाईन मार्फत सदस्यता लिन सक्ने ब्यबस्था गरिएको छ ।

    साधारण सदस्यको लागि डिसेम्बेर १० सम्म बिना शुल्क फराम भर्न सकिने र अधिबेशनको दिन १००० येन  तिरेर महाधिबेशनमा सहभागी हुन सक्नेछ । साथै समाजले केन्द्रीय समितिमा ईच्छुक उम्मेदारीको लागि जापानभरिबाट खुल्ला अबेदन आह्वान गरिएको छ जसको लागि डिसेम्बर डिसेम्बर ५ सम्म निर्धारित शुल्क सहितको फराम भर्नु पर्ने,जाइरो कार्डको फ़ोटोकपि,शुल्क रसिद अनिबार्य हुनुपर्ने पनि ब्यबस्था गरिएको छ साथै समाजको अगामी नेतृत्व सर्बसम्मतिबाट चयन गर्न, सभाको तयारीको लागि श्री मेख बहादुर लामाको सयोजकत्वमा ३ सदस्यीय निर्बाचन समिति समेत गठन गरिएको छ ।

    नेपाल तामाङ समाज,जापानको केन्द्रिय समितिको छैटौ अधिवेशन यहि आउँदो डिसेम्बरको १० तारीख, आईतबारका दिन देहायको स्थानमा हुने भएको छ।
    स्थान: Tokyoto Itabashiku sakaecho 36-1 (Green Hall _601) Oyama Station (North Exit)
    मिति : 2017 December 10 (Sunday)
    समय : बेलुकी ५:३० देखि ९:३० बजे सम्म
    कार्यतालिका
    साधारण सदस्य फारम भर्ने अन्तिम मिति – डिसेम्बर ९ सम्म (सदस्यता शुल्क कार्यक्रम स्थलमा बुझाउन सकिनेछ)
    (https://goo.gl/forms/dCiau3JKWbLo8kOH3)
    उम्मेदवारी दर्ता (अनलाई) गर्ने अन्तिम मिति – डिसेम्बर ५ तारिख रातको १२ बजे सम्म
    (https://goo.gl/forms/Uwr7ff4fjlZSbxPr2)
    दाबी/ बिरोध , उम्मेद्वारी फिर्ता र सहमति लागि अन्तिम मिति – डिसेम्बर ७ तारिख रातको १२ बजे सम्म
    (सहमति हुन नसकेका पदहरु) निर्बाचन – डिसेम्बर १० तारिख (१७:३० देखि ९:३० बजेसम्म )
    बन्दसत्र कार्यक्रम – डिसेम्बर १० तारिख बिहान( १० बजेदेखि १४ बजेसम्म )
    उम्मेद्वारी शुल्क
    1. अध्यक्ष- ५०,००० येन
    2. उपाध्यक्ष- ४०,००० येन
    3. महासचिव-४०,००० येन
    4. सचिब-३०,००० येन
    5. कोषाध्यक्ष-३०,००० येन
    6. सहकोषाध्यक्ष-२०,०००येन
    7. सदस्य-१०,००० येन
    समाजको खाता नं १०११०-७८७६३५११ (उम्मेदवारहरुले अनिबार्य फारममा उम्मेदवार शुल्कको बिल पेश गर्नु पर्नेछ। यस लिंक मार्फत उपलब्ध विवरणको आधारमा अधिवेशनका दिन सदस्यता शुल्क बुझाई भाग लिन सकिनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology