समायोजन खबर खोटाङ,करदाता सेवा कार्यालय खोटाङले सबैभन्दा बढी मूल्य अभिबृद्धि कर र आयकर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ।
१३ औं राष्ट्रिय कर दिवस तथा समापन कार्यक्रममा शुक्रबार दिक्तेलस्थित उद्योग वाणिज्य संघको कार्यालयमा कार्यक्रम गरी हलेसी आयल ट्रेड एण्ड सप्लायर्स र दिक्तेल अंग्रेजी आवासीय विद्यालयलाई सम्मान गरेको हो।
सम्मानित उत्कृष्ट कर्मचारीसहित कर अधिकृत रितिशा गौतम लगायत।
आर्थिक वर्ष २०७९/०८० मा ५० करोडसम्म कारोवार गर्ने हलेसी आयलले १८ लाख ५१ हजार ५८२ रुपैयाँ र दिक्तेल अंग्रेजी आवासीय विद्यालयले १४ लाख २२ हजार ६३१ रुपैयाँ कर दाखिला गरेका थिए।
पूर्व सांसद कूलप्रसाद फुयल र कर अधिकृत रितिशा गौतमले हलेसी आयल ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर महेन्द्र राई र दिक्तेल अंग्रेजी आवासीय विद्यालयका प्रधानाध्यापक धनकर्ण श्रेष्ठलाई सम्मान प्रदान गरेर सम्मान गरेका छन्।
यस्तै, कर प्रशासनमा रही उल्लेखनीय एवंम् प्रशंसानीय कार्य सम्पादन गरेकामा सोही कार्यालयमा कार्यरत नायब सुब्बा नेत्र प्रसाद बास्तोलालाई नगद पाँच हजार र सम्मान पत्र दिएर सम्मान गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology