• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अविशा भइन् ‘मिस लिम्बू’

अविशा भइन् ‘मिस लिम्बू’


समायोजन खबर
  • बुधबार, मंसिर ६ २०७४

  • समायेाजन खबर समाचारदाता,मंसिर ६,

    २०७४-‘मिस लिम्बू–२०१७’ को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोमबार साँझ अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । अविशाले ताजसँगै एक लाख पाएकी छन् । उनलाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिराएदिइन् ।

    वरिष्ठ साहित्यकार वैरागी काइँलाको प्रमुख आतिथ्यमा जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार प्रतियोगिताको ग्रान्ड फिनाले भएको थियो । यसपटक सन्ध्या तुमबाहाम्फे र सवनम सावाँ लिम्बू क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअप भएका छन् । उनीहरूले पनि क्रमश: ताजसहित ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ पाए । ‘विशेष टाइटल उपाधि मानिएको ‘मिस युमा कल्चर’ को उपाधि भने मेनुका साउदेनले पाइन् । यसबापत् उनले पनि ५० हजार रुपैयाँ पाइन् । 

    कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको पूर्वमिस नेपाल उषा खडगी, समाजसेवी पवित्रा लिम्बू, फेसन पत्रकार तथा मोडल जयन सुब्बा मानन्धर, प्रेम एक्तेन, पत्रकार कृष्ण भट्टराईलगायत निर्णायक थिए ।



    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology