• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ईराकमा मृत्यु भएका लक्ष्मीको शब स्वदेश पठाउन नेपाल तामाङ समाजद्धारा १ लाख ५३ हजार आर्थिक सहयोग

ईराकमा मृत्यु भएका लक्ष्मीको शब स्वदेश पठाउन नेपाल तामाङ समाजद्धारा १ लाख ५३ हजार आर्थिक सहयोग


फुर्वा शेर्पा
  • सोमबार, मंसिर ४ २०७४

  • सांकेतिक तस्विर ।

    फुर्वा शेर्पा मंसिर÷०४ जापान ,

    ईराकमा मृत्यु भएकी लक्ष्मी बलको शव नेपाल पठाउन नेपाल तामाङ समाज जापान किताकान्तो क्षेत्रिय समितिले १ लाख ५३ हजार जापानी येन आर्थिक सहयोग गरेका छन । मकवानपुर जिल्ला कैलाश गाँउपालीका घर भई साँढे दुई बर्ष अघि रोजगारीको शिलशिलामा भारत हुदै ईराक पुगेकी बलको केहि साता अघि असामयिक निधन भएको थियो ।

    आर्थिक स्थिति कमजोर भएका कारण शवलाई नेपाल लैजान समस्या भएकाले परिवारले सहयोगको याचना गरेका थिए । समाजका सचिव सरोज तामाङको सक्रियतामा जापान स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट संकलित रकम युवा संगीतकार एवं बुद्धिष्ट तामाङ सुधार समितिका महासचिव गिरी बहादुर तामाङ मार्फत मृतकका श्रीमान अशोक बललाई हस्तान्तरण गरिएकोे छ ।

    अभियानका सहयोगीदाता सवैलाई समाजका अध्यक्ष कुलमान लामाले धन्यवाद व्यक्त गर्नुभएको छ । आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै समाज सधै सामाजिक कार्यहरुमा अग्रसर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology