• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुबाट प्रतिनिधि सभाका लागि एक मात्रा शेर्पा उम्मेद्धारी, लाक्पा शेर्पा

सोलुखुम्बुबाट प्रतिनिधि सभाका लागि एक मात्रा शेर्पा उम्मेद्धारी, लाक्पा शेर्पा


समायोजन खबर
  • आइतबार, कार्तिक १२ २०७४


  • प्रतिनिधि सभाका लागि शेर्पा समुदाबाट लाक्पा शेर्पाले प्रत्यक्ष तर्फ मनोनयन दर्ता गरेका छ । संघिया समाजवादी फोरम नेपालका बैकल्पिक सदस्यको रुपमा रहेको शेर्पालाई पार्टीले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभाका उमेद्धारीका लागि सिफारिस गरेको हो । संघिया समाजवादी फोरमको तर्फबाट प्रतिनिधि सभाको टिकट हात पार्न सफल शेर्पा २१ औँ शताब्दीको समाजवादलाई अंगिकार गर्दै विचार र सिद्धान्तका आधारमा राजनीतिक बहस गर्ने र यूवा पुस्ताको माग अनुसारको राजनैतिक बाटोमा विचार र पद्धतिलाई डो¥याउने तर्फ जोड दिने बताउनु भएको छ ।
    लाक्पा शेर्पा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा सदस्यता हुँदै अध्यक्ष पद सम्म पुगि शेर्पा समुदायको भाषा, कला, संस्कृति संरक्षण र प्रबर्धनका निम्ति अभियान सञ्चालन गरि समुदायमा महत्वपूर्ण योगदान पु¥याएका छन् । जुनसुकै बिषयमा रहेर बहस गर्ने क्षमता राख्ने शेर्पाले समुदायमा राजनितिक अधिकार प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको शेर्पाको चर्चा समुदायमा समेत सकरात्मक रहेको छ ।
    सोलुखुम्बुबाट प्रतिनिधि सभाको लागि उमेद्धारमा सिफारिस भएको लाक्पा शेपाले जहाँ शेर्पा समुदायको उम्मेद्धारीको संख्या शुन्य छ त्यहाँ हिम्मतका साथ सभामा मनोनयन दर्ता गरेको बाताउनु भयो । शेर्पा प्रदेश समितिका संयोजक समेत रहेका लाक्पा शेर्पा आदिवासी जनजातिका हक, हितका निम्ति गरेका आन्दोलनहरुमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यूवा नेताको रुपमा चिनिन्छ ।

    @Sherpa media group Nepal

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology