समायेाजन खबर /१ कार्तिक
मोरङको पथरीबजारमा सयौको संख्या भेला भएको शेर्पा अगुवाहरुले सुन्दरहरैचा नगर तदर्थ समिति गठन भएकेा छ।
नयाँनगर तदर्थ समितिकेा उप– अध्यक्ष साङ्गे शेर्पा , सचिव सबिता शेर्पा , कोष–अध्यक्ष फुलकुमारी शेर्पा, सदस्यहरुमा क्रमश. निमा दावा शेर्पा ,लाक्पा शेर्पा ,ल्याजुङ्मा शेर्पा , रिन्जेन शेर्पा, निमा शेर्पा , मिङमा शेर्पा , ठुले शेर्पा गोपर्मा, स्याङ्मु शेर्पा , दापाल्मु शेर्पा , निम्छेकी शेर्पा , बुक्के शेर्पा , निमा रिन्जेन शेर्पा रहेको छन् ।
कार्यक्रम शेर्पा समुदायको जेष्ठ सदस्य मिङमा शेर्पाको सभापतित्वमा नेपाल शेर्पा सघ मोरङ जिल्ला अध्यक्ष श्री फुर्वा शेपाको प्रमुख आतिथ्यमा साथै ताप्लेजुङ शेर्पा समाजको संस्थापक अध्यक्ष्, समाजसेवी तथा राजनितिज्ञ मिसन शेर्पाको अगुवाईमा भएको थियो । कार्यक्रममा बोल्र्दै अगुवा शेर्पाले शेर्पा समुदाय आर्थिक सामाजिक र राजनितकि रुपमा अगाडी नआएको कारण हाम्रो भाषा, धर्म ,लिपि र सस्कार संस्कृतिहरु धरापमा परेको जिकिर गरे साथै उहाँले राज्यले हामि शेर्पाहरू एकजुट नभएको कारण बिभेद गरेको बताउनु भयो ।
नयाँ नगर कार्य समितिलाई कार्यकालको बदाइ तथा शुभकामना दिनुहुदै समाज सेवी शेर्पाले शेर्पा समुदायहरुले जातिय उत्थान र समुदायको हितको निम्ति कोषको स्थापाना गर्नु समेत सुझाए ।
भेलाले मासिक रु.१०० को दरले लेबी जम्मा गरेर कोष समेत स्थापना गरेको नेपाल शेर्पा संघ केन्द्रका सचिव देण्डी शेर्पाले जानकारी दिनुभएकेा छ ।
पछिल्लेा समयमा अ।एर देशको विभिन्न ठाउँबाट बस“ाई सराईको क्रममा मोरङमा रहेको शेर्पाहरु संगठित हुन थालेका हुन । पुर्वि नेपालको ताप्लेजुङ , ईलाम , पाँचथर , भोजपुर, संखुवासभा लगायत जिल्लाहरुबाट बसाई गरी स्थाई बसोबास गरिरहेको बुझिएकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology