• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसनिकट आदिवासी जनजातिले दिए पार्टी छाड्ने धम्की

कांग्रेसनिकट आदिवासी जनजातिले दिए पार्टी छाड्ने धम्की


समायोजन खबर
  • बुधबार, कार्तिक १ २०७४

  • काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसनिकट नेपाल आदिवासी जनजाति संघले पार्टीले आदिवासी जनजातिलाई ‘सौतेनी व्यवहार’ गरेको भन्दै पार्टी छाड्ने धम्की दिएको छ ।

    बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संघमा रहेकाहरुले जनजातिलाई स्थानीय तह, प्रदेश र केन्द्रमा समानुपातिक हैसियतसमेत नदिएको भन्दै पार्टी छाड्ने धम्की दिएका हुन् ।

    प्रदेश, संघको निर्वाचन र २२ सदस्यीय संसदीय बोर्डमासमेत आदिवासीलाई समावेश नगराएकोमा उनीहरुले आपत्ति जनाए ।

    पार्टीले स्थापित गरेको मूल्य–मान्यतामाथि प्रहार भइरहेको भन्दै उनीहरुले बारम्बार नेतृत्वको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको आरोप लगाए ।

    बुधबार पार्टी कार्यालय सानेपामा ज्ञापनपत्र बुझाउन समय लिएका उनीहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले झुक्याएको भन्दै नाराबाजीसमेत गरेका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology