काभ्रे । जिल्लाको कोशीपारी क्षेत्र अन्तर्गत पर्ने साविक फलाँटे गाउँ विकास समितिमा बसोबास गरिरहेका तामाङ समुदायले समुदायमा प्रचलित विभिन्न धार्मिक एवम् सांस्कृतिक चाडपर्व तथा जन्मदेखि मृत्युसम्मका सम्पूर्ण जीवन संस्कारहरुमा हुने मदिराको प्रयोगलाई अन्त्य गर्ने भएका छन् ।
भुम्लु गाउँपालिका वडा नं. ७, फलाँटे, काभ्रेपलाञ्चोकका तामाङ युवाहरुको सकृयतामा मदिरा संस्कृतिले तामाङ समुदायमा पु¥याएको असरको सम्बन्धमा आगामी दिनहरुमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको एक युवा बताउँछन् । गाउँमा रहेका तामाङ ताम्बा, गान्बाहरुले तामाङ समुदायमा मदिरा संस्कृतिले पु¥याएको असरको सम्बन्धमा सल्लाह सुझाव दिनुपर्नेमा आफै तामाङ संस्कार र संस्कृतिको इज्जतै नरहने गरी मदिरा पिएर होहल्ला गर्ने गलत परम्पराको विकास हुदैँ गएको हुदाँ यस्तो यस्तो निर्णय गरिएको युवाहरु बताउँछन् ।
मृत्यु कहिले, कतिबेला, कहाँ र कुन अवस्थामा हुन्छ, कसैलाई थाहा छैन । यो विषय निकै रहस्यमय छ । तर सबैको मृत्यु हुन्छ, रोग लागोस् या नलागोस्, उपचार गरिएको होस् या नगरिएको होस्, जसले यस संसारमा जन्म लिएको छ उसको मृत्यु अवश्य हुन्छ । यो शाश्वत सत्य पनि हो । बौद्घ दर्शनले मृत्युलाई शाश्वत सत्यसँगको साक्षात्कार क्षणको रुपमा व्याख्या गरेको छ । जब मानिसको चेतना आफ्नो भौतिक शरीरबाट अलग्गिन्छ र आफु र आफ्ना वरपर रहेका सम्पूर्ण चीजवस्तुहरुको वास्तविक स्वरुपमा देख्न थाल्दछ । यस्तो पवित्र क्षण जुन समयमा परिवारको सदस्यको मृत्युले दुःखमा रहेका अन्य सदस्यहरुलाई नै पीडा हुने गरी मदिरा पिउने गलत संस्कारको अन्त्य गर्नु जरुरी छ, यहाँका युवाहरुले थालनी गरेको यो शुभकार्यमा सबैको साथ र सहयोग अपरिहार्य छ — भुम्लु गाउँपालिका वडा नं. ७, फलाँटे, काभ्रेपलाञ्चोकका तामाङ अग्रज तथा ता. मा. स. लिपि विकास प्रतिष्ठान नेपालका महासचिव पञ्चराम बल तामाङ बताउनुहुन्छ ।
स्थानीय कृष्ण ब. तामाङको दुःखद् निधन पछि तामाङ समुदायले बौद्घ धर्मको विकासक्रम सँगसँगै अँगाल्दै आएको ञिङ्मापा बौद्घ परम्परा अनुसार घेवा(मृतकको चेतनालाई निर्वाण प्राप्तिको मार्गमा डो¥याउने एक धार्मिक अनुष्ठान) सम्पन्न भयो । सोही समयदेखि मृत्यु संस्कारमा मदिराको प्रयोग अन्त्य गर्ने कार्यको थालनी भएको छ । यस भौतिक संसारमा जन्म लिएका प्रत्येक मानव समुदायको आ–आफ्नै किसिमको चिनारी हुन्छ । उसको आफ्नै भाषा, लिपि, धर्म, संस्कार अनि सांस्कृतिक परम्पराहरु हुन्छन् । आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार र सांस्कृतिक परम्पराहरु भएर पनि रिमिक्स संस्कृतिको दबदबा खेपिरहेको तामाङ समुदायमा मदिरा कल्चरलाई निरुत्साहित गर्दै राम्रा संस्कारको जगेर्ना गर्ने र नराम्रा संस्कारलाई त्याग्न आवश्यक रहेको स्थानीय द्वारिका तामाङ बताउनुहुन्छ ।
यस क्षेत्रका तामाङ समुदायले मदिरा संस्कृति छाड्न नसक्नुको पछाडि लामा पनि दोषी देखिएको छ । एक व्यक्तिको मृत्युको समयमा शोक मनाइरहेका घरपरिवारलाई रक्सीदेखि वियर–ह्वीस्कीसम्मको माग गर्ने यहाँका कर्मकाण्डी लामाहरुलाई मासुको समेत व्यवस्था गर्नुपर्छ । लामाले जिन्दाहरुलाई सभ्य संस्कार सिकाउनुको सट्टा आफै संस्कृतिलाई विकृतिको रुपमा विकास गर्न तल्लिन हुनु नै तामाङ समुदायको दुर्भाग्य भएको स्थानीयको भनाई छ ।
ढिलै भएपनि फलाँटेका तामाङ समुदायमा एक प्रकारको जागरण आएको छ । मदिरा संस्कृतिलाई समाजमा हुने सम्पूर्ण शुभ–अशुभ कार्यमा बन्देज गर्न जरुरी छ । सभ्य समाज निर्माणको थालनी भएको छ, यसलाई सबैले अनुशरण गर्दै कार्यान्वयनको दिशामा ताम्बा, गान्बा, समाजसेवी, समाजका बौद्घिक वर्ग तथा सचेत युवाहरुको ध्यान जानुपर्छ र यो आजको आवश्यक्ता पनि हो ।
शैलुङअनलाइनकेा सहयेागमा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology