• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा समुदायेका बारे केही जानकारी

शेर्पा समुदायेका बारे केही जानकारी


समायोजन खबर
  • बिहिबार, असोज २६ २०७४

  • समाजका विभिन्न एकाइहरु मध्ये जातपनि एउटा एकाईको रुपमा लिन सकिन्छ । जात मानिसको जन्मले निर्धरण गर्दछ । त्यसैले जातिय व्यवस्था पुस्तौ पुस्ता हस्तान्तरण हुँदै अघि बढ्छ । जातिय व्यवस्थामा जन्मको आधार वर्ण, गोत्र, देवदेवताको आधारमा सामाजिक समुहलाई स्तरीकरण गरिएको हुन्छ ।

    त्यसैगरी शेर्पाहरुको पनि आफ्नै जातिय पहिचान छ । जस्तैः धर्म, भाषा, लिपि, खानपान, भेषभुषा, संस्कार, सांस्कृती र परम्परागत रीतिरिवाज यी सबै कुराहरु मा शेर्पाहरु निकै धनी छन् । उनिहरुको आफ्नै छुटै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास छ । उनीहरु ऐतिहासिक काल देखिनै नेपालको उत्तर पूर्वी क्षेत्र सोलुखुम्बु सगरमाथाको आसपासमा बसोबास गरिरहेका छन् ।

    उनिहरु बौद्धधर्ममा आस्था राख्दछन्  बौद्धधर्मका चार सम्प्रदाय मध्ये उनिहरु प्राचीन (ञ्यीङम) सम्प्रदायका हुन् । उनिहरुको आफ्नै मातृभाषा (शेर्वी ताम्ङे) छ । शेर्पाहरुको घरको बनावट पनि आफ्नै विशेष अकारको हुन्छ ।

    त्यसै गरी शेर्पाहरुको पोशाकमा योल्जेन, श्यन्थप् र रुङ्गक् प्रवर्जित लामा भिक्षुहरुको वस्त्र हुन् । मेयोक, खन्ज्यर र वनत तान्त्रिक गृहस्थी लामाको वस्त्रहुन् । टोपी, तातुङ र क्षुवा पुरुषहरुको पोशाक हो । श्यम्ज्यर, अङ्गी र मटील स्त्रीहरुको पोशाक हो । कांचा र दोचा सबैले लगउछन्  । खानपानमा शेर्पाहरुको आफ्नै बिशेष परिकार छ भने गीत संगीतमा पनि शेर्पाहरुको आफ्नै मौलिकता छ ।

    शेर्पाहरु अतिनै मिलनसार असल स्वभाव भएका र ठुलोलाई आदर र सानोलाई माया गर्छन् । शेर्पाहरु कसैले कसैलाई हेपेको हेरी रहन सक्दैनन् । उनिहरु कसैलाई दुःख पीडा परेको छ भने सहयोग गर्न अग्रसर पनि हुन्छन् ।

    उनीहरुको मूल पेशा चौरीगाइ र भेडा पाल्ने राडी पाखी बुन्ने हो । खेती पनि उनिहरु समुन्द्र सतह देखि अति उच्च स्थान हिमाली भेगमा रहेको हुनाले आलु वा, जौ, फापर र गहुँ  नै प्रमुख रहेको देखिन्छ । पछि पछि उनीहरु विस्तारै विस्थापीत हुदै तल्लो भेगमा सरेर धान, मकै, कोदो लगायतका खेती पनि लगाउन थालेका छन् । आजकल शेर्पाहरु गलैचा, निर्माण, व्यापार र ट्रेकीङ व्यवसयमा पनि राम्रै रहेको छन भने राजनितिक विषय देखि लिएर कयौं शेर्पाहरु आजकल को अवस्था अनुसर धेरथोर मात्र नभए सबै पेशामा संलग्न रहेका  पाइन्छन् । कयौं शेर्पाहरु बास स्थानान्तरको क्रममा नेपालको कैयौं जिल्ला देखि लिएर विश्वकै कुना काप्चामा बसोबास गरिरहेका छन् । यी सबै रहरले नभएर गाँसबास र कपासको निमित्त पलायन भएको देखिन्छ ।

    संसारका हरेक समाजमा परिवर्तन देखा पर्दछ । कुनै पनि समाज पूर्ण रुपमा स्थिर रहदैन । चाहे आदिम कालको समाज होस वा सभ्य समाजमा जनसंख्या परिवर्तन भइरहेको हुन्छ, प्रविधिमा विस्तार भइरहेको हुन्छ । भौतिक प्रविधिहरुमा परिवर्तन भइरहेको हुन्छ । संसारको हरेक समाज परिवर्तनको दिशातर्फ केन्द्रित हुन्छ । यो नै सार्वभौमिक नियम हो ।

    सामाजिक परिवर्तनलाई प्राविधिक, आर्थिक, विकास, वातावरण आदिले प्रभाव पार्दछन् । परम्परागत समाजमा सञ्चारको रुपमा भेटघाट, चिठ्ठीपत्र वा आवाको प्रयोग हुन्थ्यो तर वर्तमान समय सम्म आइपुग्दा सञ्चारको क्षेत्रमा व्यापक परिवर्तन आएको पाइन्छ । अहिले सञ्चारका साधनको रुपमा टेलीफोन, मोवाइल, इन्टरनेट, इमेल आदिको प्रयोग गरिएको पाइन्छ । त्यसै गरी सञ्चार तथा मनोरञ्जनको साधनको रुपमा टेलिभिजन तथा फिलिमको सुविधा छन् भने यातायातको क्षेत्रमा पनि परिवर्तन आएको छ । पहिले नेपालको एक ठाउँबाट अर्को ठाउँमा पुग्न हप्ता, पन्ध्र दिन एवाम् महिना दिन लाग्थ्यो । तर अहिले यातायातको साधनका रुपमा साइकल देखि हेलीकप्टर सम्म गुड्ने र उड्ने गरेका छन् । तर नेपालको सम्पूर्ण जिल्लामा यातायातको सुविधा भने राम्ररी पुग्न सकेको छैन ।

    वास्तवमा सामाजिक परिवर्तन बहुआयमिक परिवर्तनको प्रकृया हो । यो प्रकृयालाई पहिला विभिन्न तत्वहरुः धर्म, रीति, मूल्य, मान्यता, नैतिकता आदि मात्र सामाजिक परिवर्तनका आधार हुन् भन्ने मान्यता थियो । तर समयको परिवर्तनसंगै सामाजिक परिवर्तनमा प्रभाव पार्ने विविध तत्वहरु देखा परे । यी तत्वहरुमा आएको परिवर्तनको संयोजनले नै समग्रमा समाजमा परिवर्तन आउन थाल्यो । सामाजिक परिवर्तन हुनामा एक मात्र नभइ विविध तत्वहरु छन् । जस्तैः सांस्कृतिक तत्व, वैचारिक पक्ष, मनोवैज्ञानिक तत्व, राजनैतिक पक्ष, आर्थिक तत्व, जनसंख्यात्मक कारण र प्राविधिक कारणहरु हुन् । यसले नयाँ सामाजिक सांस्कृतिक मूल्य, मान्यता, संगठन अवलम्बन गर्ने अवसर प्राप्त हुन्छ ।

    प्रगति भन्नाले कुनै निर्दिष्ट उद्देश्य प्राप्त गरिएको परिवर्तनको अवस्था हो । यसैले सबै सामाजिक परिवर्तनहरु प्रगति भित्र समावेश हुदैनन् । इच्छित, स्वीकृत र लक्षित दिशा तर्फको सामाजिक परिवर्तन नै प्रगति हो । साधारण समूहद्वारा भविष्यका निम्ति उपयुक्त सम्झिएको उद्देश्यतर्फ लम्कनु प्रगति हो । प्रगतिले निष्चित समाजिक मूल्य र लक्ष्यतर्फ अग्रसर हुनुलाई बुझाउँछ । वर्तमान भन्दा अझ राम्रो अवस्थातर्फ लम्किनुलाई बुझाउँछ । यो सामाजिक नैतिकता र मूल्य निहित धारणा हो । प्रगति प्राप्त गर्न सचेत प्रयत्न हुनुपर्दछ । यो सामुहिक हुन्छ । प्रगति परिवर्तनशील, उद्देश्यमुखी धारणा हो ।

    यस आधुनिक युगमा शेर्पा भाषालाई आधुनिकीकरण सबभन्दा चुनौतीको विषय बनेको छ। दिनपरदिन ज्ञान, विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ नयाँ अनुसन्धान, नयाँ चीजबीज र सिद्धान्तको प्रतिपादन र प्रचलन भइरहेका छन्। फलस्वरुप हाम्रो समाजमा नयाँ धारणा र विचारहरु उपस्थित भइरहेका छन् । ती जुनसुकै भाषाको माध्यमबाट आएको भए पनि त्यसलाई शेर्पा समाजमा प्रभाव पर्ने लोकप्रिय माध्यम नै शेर्पा भाषा हो । त्यसैले यसलाई सुसम्पन्न र शुद्धीकरण बनाउन सकिए मात्र समाजले सहज रुपमा आफूलाई चाहिने ज्ञान र सीप लिन र प्रयोग गर्न सक्ने हुन्छ। आफैले अध्ययन गरेका ज्ञान र सीपलाई शेर्पाभाषाबाट हस्तान्तरण गर्ने बानीलाई वृद्धि गर्दै विकास गर्न सके, परिवर्तनगर्न सके, अवश्यपनि शेर्पा भाषाको विकास हुने र भाषा पनि आधुनिक ज्ञानगुनले सम्पन्न हुने र हामीपनि ठोस गहकिलो बन्दै जाने सम्भावना रहन्छ । नत्र विदेशी भाषाबाट सिकेको ज्ञान विदेशी सोचको सेरोफेरोमा नै सीमित रहने हो भने हाम्रो अभिव्यक्ति पनि भुत्ते भइरहने र दिनानुदिन बिनाश हुदैजाने डर, त्रास रहिरहन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology