• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यसपाली पनि दशै परदेशमै

यसपाली पनि दशै परदेशमै

परदेशमा दिन विताउने, परदेशीको कथा


चिसाङ शेर्पा
  • बुधबार, असोज ११ २०७४

  • चिसाङ शेर्पा असोज÷११ खोटाङ,
    वडादशैको सातौ दिन आज घर–घरमा फुलपाती भित्रिएसंगै विजयादशमीको रौनक वढ्न थालेको छ । मानिसहरु टाढा–टाढावाट दशै मनाउँन घर आएका छन् । फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउँने भएकाले सवैको जमघट घरगाउँमा बढ्न थालेको छ । उता, अन्य समयमा सामान्य लागे पनि परदेशमा रहनेहरुका लागि भने दशै, तिहारजस्ता चाडपर्वले पिडा थप्ने गरेको छ ।

    वर्षदिनमा एकपटक आउँने दशै तिहार पर्व मनाउँन यतिवेला शहर वजार तथा परदेशवाट घर गाउँ आउनेको लहर चलिहंरदा परदेशमा रहेकाहरुको मनमा भने घर परिवार, साथीसङगीहरुको सम्झनाले पिरोल्न थालेको छ ।

    “खड्काले भने,‘चार वर्ष वित्यो दशै नमनाएको, छुट्टि लिएर फोनबाट भएपनि परिवारसँग नजिकिएर आशिष पाउने आस मरेको छ ।”

    १२ वर्षसम्म परिवारसंग दशै मनाउँन नपाएको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का राज वहादुर तामाङको यसपाली दशैको टिकाको दिनमा पनी ड्यटी रहेको बताए । मलेशियाको साहआलम वेस्टरी गार्ड फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत तामाङको कम्पनीमा छुट्टि नमिल्ने र मिले पनि एक्लै कोठामा वस्नुपर्ने हुंदा परिवारको यादले झन पिरोल्ने सुनाए ।

     

    जालपाका प्रेम पाख्रिनले १० वर्षयता परिवारसंग दशै मनाउन पाएका छैनन् । युनाईटेड ईलेक्ट्रिोनिक्स कम्पनी एक्स्ट्रा साउदीमा कार्यरत तामाङलाई कम्पनीले एकदिन पनि विदा नदिएको बताए । ईगल आई सेक्युरिटी कम्पनी वातुटिका मलक्का मलेशियामा कार्यरत सुन्तले ३ राछालुङका डम्बर पुर्वछाने मगरले दशै नमनाएको ३ वर्ष पुरा भएको छ । यसपाली दशैमा पनि कम्पनीवाट छुट्टि नदिंदा नरमाईलो लागेको बताए । टिकाको दिनमा पनि काम मै व्यस्त हुने जानकारी दिनुभयो ।

     

    लामीडाडाँ गाउपालिका ६ का विनोद कुमार विशंखेको पनि पिडा उस्तै छ । कतारमा कार्यरत उनले ४ वर्षसम्म दशै फेसवुकमा मात्रै मनाएको बताए । उनले भने, ‘कम्पनीले विदा दिदैंन, दशैको फोटो फेसवुकमा हेर्छु चित्त वुझाउँछु ।

     

    एचएल म्यानुफ्याक्टरिङ कम्पनी मलेशियामा कार्यरत खोटाङ बराहापोखरी गाउँपालिका ५ वुयाटारका कृष्ण बहादुर खड्कालाई दशै तिहार आउनुभन्दा नआएको राम्रो हुने वताउँछन् । ‘एक दिनका लागि बिदा माग्दा पाईएन, हामी नेपालीहरु कोहि पनि काममा आउँदैनौ भन्दा, जो आउँदैन उसको त्यो दिनको एक सय आरएम तलब काटिने र १५ दिन ओभरटायम नदिने धम्कि पाईयो उनले सुनाए ।’ खड्काले भने ‘ चार वर्ष वित्यो दशै नमनाएको, छुट्टि लिएर फोनबाट भएपनि परिवारसँग नजिकिएर आशिष पाउने आस मरेको छ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology