सेप्टेम्बर २५ , सोलुखुम्बु कामी ङिमा शेर्पा
नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको ऐतिहासिक तेस्रो जिल्ला अधिबेशन शेर्पा सेवा केन्द्र सल्लेरीमा सम्पन्न भएको छ । असोज ०६ का दिन सम्मेलान आयोजक कमिटी संयोजक पेम्बा शेर्पाको अध्यक्षता तथा नेपाल शेर्पा संघ केन्द्रिय सचिब एवं संगठन बिभाग प्रमुख देण्डी शेर्पाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बिशेष अतिथी सोलुदुधकुण्ड नगरपालिका का मेयार नाम्गेल जाङबु शेर्पा, नेपाल शेर्पा संघका केन्द्रीय सदस्य सोलुखुम्बु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पा, नेपाल शेर्पा संघका केन्द्रीय सदस्य कामी निमा शेर्पा (के एन प्रयास), केन्द्रीय संस्थापक महासचिव दोर्जी जाङबु लामा, शेर्पा प्रदेश संघर्ष समितिका संयोजक तथा सामाजिक अभियान्त लाक्पा शेर्पा लगायत रहनु भएको थियो । शेर्पा परम्परागत विधि सहित थेक्छेन पेमा क्ष्योलिङ गुम्बा सल्लेरीको प्रङगनमा भएको उदघाटनसत्रमा सोलुखुम्बु स्थित विभिन्न राजनीतिक दल तथा जातीय संगठनहरुको प्रमुख एवं प्रतिनिधि हरुको बाग्लो उपस्थिति रहेको थियो ।

सोही दिन बेलुका शुरु भएको बन्दसत्रको कार्यक्रममा केन्द्रीय सचिब देन्डी शेर्पाको अध्यक्ष एवं केन्द्रीय सदस्य कामीङिमा शेर्पा सचिव रहेको पाँच सदस्यीय अध्यक्ष मण्डलले राती अबेरसम्म गरि सर्वसहमत रुपमा पासाङ काजी (पी के) शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निम्नानुसार गठन गरिएको छ
। पासाङ काजी शेर्पा अध्यक्ष, मिङमार शेर्पा प्रथम उपाध्यक्ष, आङ पेमा शेर्पा द्वितीय उपाध्यक्ष, कुञ्जाङ शेर्पा सचीव, पासाङ दोर्जी शेर्पा सहसचिव, दावा याङजी शेर्पा कोषाध्यक्ष, गेल्बु शेर्पा सह कोषाध्यक्षमा र सदस्यहरुमा छेवाङ ङिमा शेर्पा, ल्हाक्पा गेल्बु शेर्पा, ङिमा सुन्दर शेर्पा, पेम्बा शेर्पा, ङिमा शेर्पा, पासाङ लामा, आङ फुर्वा शेर्पा, कुङगा लामा, छिरिङ ल्हक्पा शेर्पा, लाङिमा शेर्पा, सागर शेर्पा, युटी शेर्पा, छोङ ल्हामु शेर्पा, आङ पेम्बा शेर्पा रहेको छन । नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष मण्डलको अध्यक्ष देण्डी शेर्पाले नेपाल शेर्पा संघको बिधान बमोजिम पद तथा गोपानीयताको सपाथ ग्रहण गराएको थियो भने दोर्जी जाङबु लामा, टुक्ती शेर्पा लगायतले शुभकामना दिनु भएको थियो ।

साथै नवनिर्वचित कार्यसमितिको पहिलो बैठक २०७४/०६/०७ बिहान ९ बजे सल्लेरी सेर्गाखोप स्थित शेर्पा संघ सोलुखुम्बुको कार्यलयमा बसि विविध बिषयमा छलफल गरेका छन । सोही अवसारमा नवनिर्वाचित कार्यसमितिलाई बन्दसत्रका अध्यक्ष मण्डलको अध्यक्ष देन्डी शेर्पा र सचिब कामीङिमा शेर्पाद्वारा सफल कार्याकालको शुभकामना सहित निर्वचित प्रमाणपत्र प्रदान गरिएको थियो । सोही उक्त बैठकमा नवनिर्वाचित अध्यक्ष पासाङ काजी (पि के) शेर्पाले आफ्नो कार्यकालमा गरिने कामको बारेमा र शेर्पा संघलाई चुस्त र स्वच्छ रुपले सबैलाई समेटिएर अघि बढ्ने प्रतिबद्धता सहित आफ्नो भनाई राखेका थिएँ ।
समाचार,फेाटेा कामी ङिमा शेर्पा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology