काठमाडौँ भदौ २७,
बैदेशिक रोजगारीमा जानको लागि कुन देश जान कति लागत खर्च लाग्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्ने हुँदा त्यस सम्बन्धि जानकारी दिने प्रयास गरिएको छ ।
बिभिन्न म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीमा जाने क्रममा सरकारले तोकेभन्दा बढी पैसा अशुलेको खण्डमा उक्त रकम अबैध हुने हुँदा सोच विचार पु¥र्याई म्यानपावरलाई पैसा बुझाउनुपर्छ । जुन देशको लागि जति पैसा तोकिएको हुन्छ त्यो भन्दा बढी रकम म्यानपावरले आशुलेमा म्यानपारले कानुन अनुसार कारवाहीको भागीदार हुनुपर्छ ।
साथै कसैले तोकेभन्दा बढी रकम माग गरेमा बैदेशिक रोजगार बिभागको फोन न. ४७८२४५४ मा सिधा सम्पर्क गर्न सकिन्छ । त्यस्तै बैदेशिक रोजगार प्रवर्दन बोर्डको फोन न. ४१०५०६८ मा पनि फोन गर्न सकिन्छ ।
खाडी मुलुक र मलेशियाको हकमा फ्रि भिषा फ्रि टिकट लागू गरिएको छ । साथै बिदेशस्थित कम्पनीले इजाजतपत्रवाला संस्थाहरुलाई सेवा शुल्क रकम प्रदान नगरेको अवस्थामा मात्र माथि उल्लेखित सेवा शुल्क वापत अधिकतम रु. १०,००० सेवा शुल्क लिन पाइनेछ । तर बैदेशिक रोजगारमा पठाउने म्यानपावरले तोकेभन्दा ५० गुणासम्म रकम अशुली गर्दै आएका छन् ।
याद राख्नुहोस् तोकिएभन्दा बढी रकम लिने म्यानपावरलाई कारवाही हुन्छ । त्यसको लागि यथेस्ट प्रमाण जुटाउन वा म्यानपावरले मोटो रकम मागेपछि माथि दिईएका फोनमा सम्पर्क गरी म्यानपावरको काम(काज नै ठप्प बनाउन सकिन्छ ।
1. Malaysia – Rs. 10,000/-
2. Japan – Rs. 50,000/-
3. Bahrain – Rs. 10,000/-
4. Kuwait – Rs. 10,000/-
5. Lebnan – Rs. 70,000/-
6. Maurisas – Rs. 19,000/-
7. Oman – Rs. 10,000/-
8. Poland – Rs. 80,400/-
9. Qatar – Rs. 10,000/-
10. Rasiya – Rs. 80,000/-
11. Saudi Arabia – Rs. 10,000/-
12. UAE – Rs. 10,000/-
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology