चिसाङ शेर्पा भदौ÷२५ खोटाङ,
खोटाङमा किराँत राई चाम्लिङ्ग छुपानामहंछाहरुको बंशावली प्रकाशन गरिने विषयमा शनिवार बृहत छलफल भएको छ । रुपाकोट मझुवागढ़ी नगरपालिका लप्mयाङ ५ मझुवास्थित चाम्लिङ चोकमा भएको छलफलले आगमाी कात्र्तिक २५ गते खोटाङ, उदयपुर, सोलुखुम्बुका चाम्लिङ राईहरुकोे उपस्थितिमा सदरमुकाम दिक्तmेलमा अर्को बैठक बस्ने र बंशावली प्रकाशनका बाँकि कार्यहरु अगाडी बढाईने निर्णय गरेको छ ।
आदिवासी जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तिराम राई (नाछिरिङ्ग), रुपाकोट मझुवागढी नगरपालिकाका कार्यकारी अधिकृत खिलराज राई (छुपानामहंछा) नोछुंगको उपस्थितिमा वसेको भेलाले किराँत चाम्लिङ्ग छुपानामहंछाहरु बसोवास रहेको टेम्मा, प्वाला, दिपु्रङ, मझुवा, लफ्याङ्ग, नेर्पा, बराहपोखरी, उदयपुरको खाँबुरछाम्लिंङघुम्ने, जोगीदह, त्रियुगा, बोक्से र नेचा सोलुखुम्बुका चाम्लिङ राईहरुको हालसम्मको प्रगति विवरणको प्रमाणहरु सहित बंशावली प्रकाशन गरिने भेलाले निर्णय गरेको हो ।
पछिल्लो अवस्थामा आफ्नो कला, संस्कृती लोभ भईरहेको अवस्थामा चाम्लिङ्ग छुपानामहंछाहरुको बंशावली प्रकाशनले छरिएर वसेका चाम्लिङहरुलाई एकजुट बनाउँन सहयोग पुग्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology