असार २७, काठमाण्डौ । अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा बिभिन्न संस्थाहरु क्रियाशिल छन । त्यसैमध्येको एक अग्रणी संस्था हो, ‘बाल अपाङ्ग टेवा संस्था ।

सन २००६ मा स्थापना भएका यस संस्थाले दुर्गम पहाडी जिल्लाका आर्थिक रुपले बिपन्न अपाङ्गता भएका बालबालिकालाई आश्रय दिदै आएको छ ।
१५ देखी २२ बर्ष उमेर समुहका बिभिन्न जिल्लाका गरी २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आश्रय दिदै आएको यस संस्थाले स्थानिय स्तरमा पहिचान भएका अपाङ्गता भएका व्यक्तिलाई सम्बन्धीत पक्षको सिफारिसमा आश्रय प्रदान गर्दै आएको बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिए ।

पछिल्लो समय बदलिदो समाजमा भौतिक संरचना र रहनसहन फेरीएपनि अपाङ्गता भएका व्यक्तिको दैनिकी फेरिन नसकेको भन्दै शेर्पाले राज्यले निर्माण गरेका संरचनाले समेत अपाङ्गता भएका व्यक्तिले दुःख बेर्होनुपरेको उनको बुझाई छ ।
भन्छन, ‘अपाङ्ग कोही पनि हुँदैन, फरक क्षमताको कुरा मात्रै हो, एउटा एकापट्टि पोख्त होला, अर्को अर्को क्षेत्रमा, यसअर्थमा अमुल्य मानब जिबनलाई स्फुर्ति र पुर्नजिबन दिन लागिपरेको छु ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology