टोकियो,२९ जेठ ।
नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको, चरीमाया संगको अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । टोक्योस्थित सिंजुक़ुमा सम्पन्न सो कुरा कार्यक्रममा शक्ति समुहकी कार्यक्रम संयोजक चरीमाया तामाङले सिन्धुपाल्चोकको हैबुंङ गाउँदेखि भारतको मुम्बई कोठीसम्मको कहाली लाग्दा आफ्नो जीबन भोगाई अनि ‘आधुनिक दासता विरुद्धको नायक २०११ अन्तर्राष्ट्रीय पुरस्कार सम्मको अनुभवहरु वाडेको थिईन ।

चरीमाया तामाङ सोफिया विश्वविद्यालयको निमन्त्रणामा यहि जुन ८ तारीख़ जापान आईपुगेकी हुन् । प्रोफेसर तानाका मासाकोको पहलमा आफ्ना अनुभव सुनाउन र जापानको मानव बेचबिखनको बारेमा अवलोकन अध्यायनका लागि टोकियो आइपुगेको तामाङले सोहि अवसरमा उनले , आफ्नो जिवनमा भोगेका बिभिन्न घटनाहरु र त्यसबाट सिक्ने पाठहरु बारेमा आफ्ना भनाईहरु प्रस्तुत गरेकि थिइन् ।
उनले आफुले शिवपुरी जंगल देखी मुम्बईको कोठी सम्मका भोगाइलाई राख्दै ज़िन्दगीमा जतिसुकै ठूला समस्या आईलागेपनि एकदिन त्यी समस्याको समाधान हुने रहेछ भन्ने कुरामा जोड दिदै त्यसको ज्वलन्त उदाहरण स्वयम् आफु रहेको पनि बताईन । कार्यक्रममा, प्रोफेसर तानाका मासाकोले मानब बेचबिखन नेपालको मात्र नभई विश्वकै जल्दो बल्दो समस्या रहेको बताईन् । उनले भनिन् – ‘ यो समस्या जापानमा झन डरलाग्दो रुपमा रहेको छ, नेपाल त्यतिधेरै विकसित भईसकेको छैन त्यसैले त्यहाँको बेचबिखन सबैले सहजै देख्छन तर यहाँ देशको विकास र आधुनिकता सँगै बेचविखनको स्वरुप पनि विकसित हुन्छ, जो झट्ट हेर्दा देखिदैन । त्यसैले, उनले तामाङलाई विकसित मुलुकमा हुने मानव बेचबिखनको अध्ययन अवलोकनका लागि बोलाएको बताउनु भयो ।

सो अन्तरक्रियात्मक कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ जापानको उपाध्यक्ष पेम्बा लामा,कार्यक्रम संयोजक सुकमान तमाङ, तमुधि जापानको उपाध्यक्ष अनिता गुरुङ, चेलिबेटी बेचबिखन तथा हाड़नाता करणी सम्बन्धी अनुसन्धानकर्ता जानुका खतिवडा, गलकोट समाजको उपाध्यक्ष कालिका केसी, हातेमालो समाजको अध्यक्ष सुरज प्रधान, लगायतले चेलिबेटी बेचबिखनको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । उक्त अंतरक्रिया कार्यक्रम तमुधि जापान, नेपाल तामाङ समाज जापान,नेपाल शेर्पा संघ जापान,किरात राई यायुख्ख, किरात यक्थुङ चुमलुङ, नेपाल मगर संघ,मनाङ समाज, थकाली सेवा समाज,नेवा जागरण मंच र हातेमालो समाज जापानको सहभागितामा नेपाल आदिबासी जनजाति महासंघ जापानले आयोजना गरिएको थियो ।
चरीमाया यहि जुन २० तारीख़ सम्म जापान रहने र टोकियो र टोकियो बाहिरका विभिन्न विश्वविघालय तथा कलेजहरुमा आफ्ना अनुभवहरु सुनाउने कार्यक्रम रहेको छ ।
फेाटेा,समाचार शैाजन्य -चासिला तामाङ
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology