![]()
न्युयोर्क । २१६१ औं बुद्ध जायन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसरमा न्युयोर्कको म्यान्हटनमा यही मे २१, २०१७मा दोश्रो नेपाल डे परेडको आयोजना गरिएको छ ।
परेडले सिंगो नेपाललाई विश्व सामु चिनाएको थियो।
नेपाल सरकारका उद्योगमन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि नविन्द्रराज जोशीद्धारा उदघाटन गरेको परेडमा ग्राण्ड मार्सलको रुपमा कान्छी सगरमाथा आरोही मिङकिपा शेर्पा रहेकी थिइन्। अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की,राष्ट्रसंघका लागी स्थायी प्रतिनिधि दुर्गा भट्टराई, बाणिज्यदुत कृषु क्षेत्री, विश्वबिख्यात सगरमाथा आरोहीहरु दोर्जी शेर्पा, आङ्ग फुर्वा शेर्पा, भेनिसा ओबाइरन, युआइजिएमका गाइड ङवाङ ङिमा शेर्पा , न्यूयोर्क काउन्सिल डिष्ट्रिक्ट–२ की डेमोक्रेटिक पार्टीकी उम्मेदवार मेरी सिल्भर, न्यूयोर्क सिटी कम्प्ट्रोलर अफिस प्रतिनिधि अलिया लतिफ, न्यूयोर्क सिटी मेयर कार्यालयका कुविन्स डिरेक्टर निक गुलोता, कुविन्स कम्युनिटी बोर्ड मेम्बर लोप्साङ ठिन्ले शेर्पा र मोहन ज्ञावली, न्यूयोर्क सिटीका काउन्सिल मेम्बर एलिजाबेथ क्राउली लगयात दर्जनौ अतिथिहरु कार्यक्रममा सहभागी थिए।

अमेरिकामा रहेको नेपालीहरुको एक गौरबशली संस्था शेर्पा किदुगले कार्यक्रममा बिशेष भूमिका निभाएको थयो । शेर्पा किदुगद्वारा प्रदर्शन गरिएको बौद्ध धर्म गुरुहरुको विश्व शान्ति प्रार्थना सहितको भगवान बुद्ध सजिएको बिशाल रथ, सेभ दि हिमालयू लेखिएको आकर्षक रुपमा सजिएको सगरमाथा सहितको विश्व बिख्यात कृतिमानधारी सगरमाथा अरोहीहरु सवर बिशाल रथ, बिबिध शेर्पा गीत संगीत र नृत्यकासाथ शेर्पा कलाकारहरु प्रस्तुति रहेको बिशाल प्लोट ट्रक, मि छिरिङ् सेङ्गे ९ सिंह नृत्य० ,सिली नृत्य, श्याब्रु नृत्य, नादिङ नृत्य, श्यार्वी रिग्श्युङ् लोप्टा टोलीको बिशेष मन्त्रोच्चारण र भजन, शेर्पा किदुगकै १८ वर्ष मुनिका फुटबल खेलाडीहरु र हातमा नेपालको झन्डा, अमेरिकन झन्डा र बुद्धका सन्देश लेखिएका प्लेकार्ड र ब्यनार बोकेका हजारौको संख्यामा रहेको शेर्पा किदुगका सदस्यहरुले झन्डै परेडको आधा स्थालनै ढाकेको थियो भने सबैको आकर्षणको केन्द्र समेत बनेका थियो।
शेर्पा किदुगले साठी वर्ष भन्दा माथिकाहरु र साना बाल बालिकाहरुको लागि किदुगको भवनबाटै बसको ब्यवस्था गर्नुको साथै परेड स्थालमा खाने पानीको ब्यबस्थ गरेका थिए भने परेडको लागि आवश्यक स्वयमसेबकहरु खटाएका थिए।

परेडमा रिज्युउड नेपाली सोसाइटीको पण्डितहरुको समुहले भजन गाउदै हिडेका थिए भने गुरुङहरुले सोराठी र घाटुमा नृत्य गदै मनोरंजन दिलाएका थिए। मुस्ताङ किदुग युएसएले बुद्धको जीवनीसँग सम्बन्धित ब्यनार र प्लेकार्ड सहित सिह नचाउदै परेडमा सहभागी भएका थिए भने मगरले आकर्षक कौडा नृत्य गदै परेडलाई आकर्षक बनाएका थिए। राईहरुले साकेला सिलि नाच्दै ,लिम्बुहरुले च्याब्रुङ नाच्दै, ह्योल्मोहरुले सेब्रू नाच्दै, नेवारहरुले धिमेबाजामा लाखे नचाउदै र तामाङहरुले सेलो गाउँदै, वोलुङहरुले स्याब्रु नाच्दै परेडमा सहाभागी भएर परेडलाई सिंगो नेपालमय बनाएका थिए।
मानङको ग्याल्सुम्दा तराईको मद्येशी समुदाय, लङ्गआइल्याण्ड नेपालिज कम्युनिटी, कनकटिकट नेपालीज कम्युनिटी र कलाकारहरुको सस्थाले पनि आ आफनै भेषभुषा झल्कने झांकी सहित गीत र नृत्य प्रस्तुत गदै परेडमा सहाभागी थिए । परेडमा ५५ वटा नेपाली संस्थाहरु रहेको र सबै संस्थाहरु अयोजकै रुपमा रहेक थिए। बिबिध नेपाली कला सस्कृति झाल्किने बाजागाजा र मौलिक झांकीहरुको साथ नेपालको परेड भइरहदा सडक छेउछाउबाट हेर्ने मान्छेको घुइचो लागेको थियो ।
न्यूयोर्कको म्यन्हटनको म्याडिसन एभिन्युको ३८ स्ट्रिटबाट शुरु भएर २६ स्ट्रिटमा परेडलाई समापान गरिएको थियो। समापान कार्यक्रममा एमसी डोल्मा शेर्पाको बेजोड प्रस्तुतिसँगै नेपालको बिबिध मौलिक सस्कृति झल्कने सास्कृतिक कार्यक्रम प्रस्तुति भएको थियो । न्यूयोर्क सिटिको क्विन्स डिरेक्टर निक गुलत्तोले नेपालीहरुको उत्साजनक सहभागीता र बिशेषता शेर्पाहरुको बारेमा तरिफ गर्दै मे २१,२०१७लाई बुद्ध जायन्ती र गणतन्त्र दिवसको रुपमा घोषणा गरी न्युयोर्क सिटीको मेयर बिल दि ब्लजिओ पठाएको प्रोक्लमेसन प्रमाणपत्र कार्यक्रमको कन्भेनर मंगलदास श्रेष्ठलेलाई प्रदान गरेका थिए। कार्यक्रमका कन्भेनर मंगलदास श्रेष्ठले नेपाल डे परेड सफल बनाउनका लागी सहयोग गर्ने सवै समुदाय लगायत सहयोगी, स्वयसेवकहरु सवैलाई धन्यवाद ज्ञापन गरेका थिए।
नेपाल डे परेड २०१७का स्टेरिङ्ग कमिटिका सम्पुर्ण सदस्यहरुको अहोरात्र खटाई, समाजदारी र परिश्रमकै कारण गत बर्षको भन्दा यस बर्षको नेपाल डे परेडमा धेरै नेपालीलाई सहभागिता भई भव्यताका साथ सम्पन्न भयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology