• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जनजातिअभियन्ताहरुको जेल परेका थारु आन्दोलनकारीहरुसँग भेट

जनजातिअभियन्ताहरुको जेल परेका थारु आन्दोलनकारीहरुसँग भेट


समायोजन खबर
  • बुधबार, चैत्र १६ २०७३

  • काठमाडौं, चैत १६ । लिम्बुवान आन्दोलनका कुमार लिङ्देन, थरुहट पार्टीका धनीराम थारु एवं नेपाल आदिवासी जनजाति महासंघका  प्रतिनिधिहरुले कैलाली कारागारमा गएर त्यहाँ गतवर्षको टिकापूर घटनाका सन्दर्भमा दोषी ठहर्याइका आन्दोलनकारीहरुलाई भेट गरेका छन् ।

    नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले दिनुभएको जानकारी अनुसार कैलाली कारागारहरुमा रहेका अभियुक्तहरुको पेशी अर्कोहप्ता हुने संभावना छ ।
    उनलाई कारागारमा रहेका लक्ष्मण थारु लगायतका बन्दीहरुले आफूहरुमाथि राज्यले पूर्वाग्रह राखेर थुनेको, एकै प्रकारको घटनामा कोहीमाथि एउटा कानुन र कोहीमाथि अर्कै कानुनलाई आधार मानेर मुद्दा चलाइएको तथा जानजानी यति लामो समयसम्म अदालती प्रकृयामा झुलाएको बताएका थिए ।

    उक्त भेटघाटमा महासंघका उपाध्यक्ष छन्त्यालले थारुहरुले टिकापुरमा पहिचानका लागि लडेका र पहिचानको लागि लड्ने सबैका साथमा महासंघ रहने बताएका थिए ।

    २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ६ जना सुरक्षाकर्मी भएको मुद्दामा करिब २५जना थारु आन्दोलनकारीहरुलाई कैलाली कारागारमा राखिएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology