स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ दक्षिण केारियाकेा सहयेागमा धुर्मुस सुन्तली फाउन्डेसनलाइ आर्थिक सहयोग हस्तान्तरण
स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ दक्षिण केारियाकेा सहयेागमा धुर्मुस सुन्तली फाउन्डेसनलाइ आर्थिक सहयोग हस्तान्तरण
समायोजन खबर
सोमबार, चैत्र १४ २०७३
समायेाजन खबर ,दक्षिण केारिया
दक्षिण कोरियामा रोजगारीको शिलशिलामा आएका कुनै पनि राजनितिक पार्टीमा आबद्द नभएका, कुनै दलको पार्टी झण्डा र आस्था नबोकेका जुझारु स्वतन्त्र र समाज सेवामा सक्रिय युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ ले बर्दिबास २, महोत्तरी स्थित मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ आर्थिक सहयोग रकम १,१८४,८६३/-एघार लाख चौरासी हजार आठ सय त्रिसट्ठी रुपैयाँ मात्र) हस्तान्तरण गरेको छ ।
कोरियामा रहेका मनकारी,सहयोगी भावना भएका राष्ट्रप्रेमी नेपाली सहयोगदाताहरु बाट यस आर्थिक सहयोग संकलन छोटो समयावधी तीन हप्ता मात्र अन्तिम मितिनै तोकेर सुरु गरेको थियो। अभियानमा कोरियामा रहेका करिब चार सय जना भन्दा बढी सहयोगी दाताहरुबाट सहयोग रकम प्राप्त भएको यस आर्थिक सहयोग संकलन संयोजक यम श्रेष्ठले जानकारी गराए ।
समुह तथा अभियानका मुख्य संयोजक सर्वजित शाह र यस अभियानको आर्थिक सहयोग संकलन संयोजक यम श्रेष्ठको अगुवाइमा संकलन उक्त रकम अभियन्ता एल बि श्रेष्ठको संयोजनमा एकदिन श्रमदान गर्दै स्वतन्त्र राष्ट्रप्रेमी सचेत नागरिक एकता अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष शिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् ।
देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु एक आपसमा भाइचारा, सद्भाव र एकता कायम गरौ! सम्पुर्ण नेपाली स्वतन्त्र जनता पनि सचेत र बिबेकशिल बनौ भन्ने मुल आशय रहेको अभियानका संयोजक सर्वजित शाहले बताउनु भएको छ। यसै गरि बिदेशी भुमीमा राजनितिको नाममा आफ्ना दाजुभाइ दिदी बहिनी बिचमा फाटो र बिबाद नहोस् सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको अभियन्ता द्वय राम दत्त जोशी (नेपालको राम) र अरुण श्रेष्ठ (इपियस छिङु) ले बताउनु भयो।
अर्का अभियन्ता साजन शर्माले (प्रदिप) राजनीति र नेतालाईमात्र गालीगरेर समय फाल्नु भन्दा मानविय सेवा र सद्भावकोलागि समर्पित हुनूपर्नेमा जोड दिनुभयो।
हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल (धुर्मुस) र कुन्जना धिमिरे ( सुन्तली) ले सम्पुर्ण सहयोगी मनहरुमा यति ठुलो सहयोग रकम जुताएर सहयोग गर्नु भएकोमा र महा अभियानमा साथ दिनु भएको स धन्यवाद आभार प्रकट गर्नु भएको थियो।
साँचिकै मन देखिनै गर्व गर्न लायक राष्ट्रप्रेमिको भावना समेतिएको यस अभियान प्रति खुलेरै प्रसंशा गर्दै यस सहयोग र साथको जति नै बर्णन गर्दा पनि कम हुने भन्दै प्रवासमा रहनुभएका सम्पूर्ण नेपालीहरुको साथ र मायाले नै सबै बस्ती निर्माण कार्य सफल भएको पनि कुरा उल्लेख गर्नु भयो। उहाँले यस स्वतन्त्र जागरुक अभियान बिश्वभर नेपालीहरु रहेको ठाँउमा एकताको संदेश बोकेर फैलिन जरुरी रहेको पनि थप्नु भयो। बहत्तर साल बैशाख १२ गते गएको विनासकारी भूकम्प पश्चात दुइवटा एकीकृत नमुना बस्ति निर्माण गरि सकेको धुर्मुश सुन्तली फाउन्डेसनले अहिले निर्माण गर्दै गरेको एकीकृत नमुना मुसहर बस्ति निर्माणमा आर्थिक आभाव भएको खबर केहि समय आगाडी बाहिर आएको थियो ।
के हो स्वतन्त्र राष्ट्रप्रेमी सचेत नागरिक एकता अभियान ? स्वतन्त्र राष्ट्रप्रेमी सचेत नागरिक एकता अभियान राजनीतिक हिसाबले स्वतन्त्र युवाहरूको समुह हो। असफल र फोहोरी राजनीति नै देशको शान्ति र सम्बृदिकेा बाधक बनेको भन्दै पार्टीगत राजनीति भन्दा माथि उठेर देशको हितको लागि सोच्न यो अभियान चलाएको समुहका सदस्यहरूले बताए ।
राजनीति नगर्ने तर राजनीतिक दलहरू र त्यस दलका नेताहरूलाई देश प्रति उत्तरदायी बनाउन सिर्जनात्मक भूमिकामा प्रस्तुत हुने समुहको सोच रहेको छ। यो बाद र त्यो बादको विवादमा देश लामो समय देखि फसिरहेकोले हामी सचेत युवाहरुको ठुलो समुहले देशलाइ निकास दिनु पर्ने जोड दिदै बिश्वमा रहेका नेपालीहरुलाई यस पबित्र अभियानमा सामेल हुन समेत अनुरोध गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]