• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुसहर बस्ती निर्माण गर्न रु एक करोड अभाव

मुसहर बस्ती निर्माण गर्न रु एक करोड अभाव


समायोजन खबर
  • बुधबार, चैत्र ९ २०७३

  •  

    महोत्तरी, ९ चैत । बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ ।
    साबिक बर्दिबास नगरपालिका– २ हाल बर्दिवास– १० मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन रु एक करोड ३० लाख अभाव भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो । सहयोगी हातहरु निरन्तर प्राप्त भइरहेकाले रकम जुट्नेमा आफू विश्वस्त रहेको कट्टेलले बताउनुभयो ।

    कुल रु चार करोड ७८ लाखको लागतमा निर्माण हुने सो बस्ती आगामी नयाँ वर्ष १ का दिन मुसहरलाई हस्तान्तरण गरिने योजनाका साथ काम भइरहेको हास्य कलाकार कुञ्जना घिमिरेले जानकारी दिनुभयो ।

    सो बस्तीका घरमा छाना, रङ्गरोगन, शौचालय, झ्याल तथा ढोका, खानेपानी, विद्युत् र धारा जडान, घरको अन्तिम प्लास्टर, दृश्यस्तम्भ, बस्तीभित्रको सडकको पिसिसी ढलान जस्ता काम तीव्र गतिमा भइरहेको फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताउनुभयो ।

    एक सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजनानुसार बस्तीको २० प्रतिशत काम बाँकी छ भने फाउन्डेसनसँग अब २४ दिन मात्र बाँकी रहेको छ ।

    गत पुस २५ गते मह जोडीद्वारा शिलान्यास भई तीब्र गतिमा निर्माणाधीन बस्ती निर्माणमा पछिल्ला दुई महिनायता दिनहुँ तीन सय जनाले पसिना बगाइरहेका छन् । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology