• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तेह्थुममा माङ हिम बनाउन सहयोग

तेह्थुममा माङ हिम बनाउन सहयोग


समायोजन खबर
  • बुधबार, चैत्र ९ २०७३

  •  

    काठमाडौं, ९ चैत । किरात धर्म तथा साहित्य उत्थान संघ तेह्थुमको अगुवाईमा सदरमुकाम म्याङलुङमा निर्माण गर्न लागिएको माङ हिमका लागि सहयोग रकम जुट्ने क्रम जारी छ ।

    हङकङमा बसोबास गर्दै आउनु भएका गीता पालुङवा र इजरायलमा बसोबास गर्दै आउनु भएका भीमा नेम्बाङ न्यौपानेको अगुवाइमा संकलन गरिएको ३ लाख ४२ हजार ७६ रुपैयाँ सहयोग रकम बुधबार हस्तान्तरण गरिएको छ । पालुङवा र न्यौपानेको पहलमा विभिन्न देशमा बसोबास गर्ने नेपालीहरु मार्फत संकलन गरिएको उक्त रकम किरात धर्म तथा साहित्य उत्थान संघ तेह्थुमका अध्यक्ष राजकुमार तेयुङलाई काठमाडौंमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

    हिलिहाङ हाक्पारे पालाम सयङको अगुवाइमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम हस्तान्तरण गर्दै पूर्व कुलपति काइलाले आफ्नो छाक काटेर सहयोग गरेको भन्दै सहयोगीहरुको प्रसंसा गर्नु भयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology