राज्य एकीकरणका क्रममा तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्झौता गरेर नेपालको वर्तमान स्वरुप बनाउन सहयोग पुर्याएका लिम्बुवानका राजा हिलिङहाङको पूर्ण कदको दुई शालिक बन्न लागेको हो ।हिलिहाङ फाउण्डेशनको संयोजनमा राजा हिलिहाङको दरबार रहेको पाँचथरको अमरपुर, नागी र मञ्चमीको संगम स्थलमा एक र हिलिहाङ गाउँपालिकाको अञ्चमी बजारमा रहेको हिलिहाङ चोकमा शालिक निर्माण गर्ने तयारी गरिएको हो ।
फाण्डेशनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार प्रति शालिक १० लाख गरेर जम्मा २० लाख रुपैयाँमा शालिक बन्न लगेको हो । यसैबीच, शालिक निर्माणका लागि कोरियामा बसोबार गरिरहेका नेपालीहरुको संस्था याक्थुङ सयङ दक्षिण कोरिया र योङहाङ समाज दक्षिण कोरियाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
दुई संस्थाको अगुवाइमा संकलन भएको रकम हालै हिलिहाङ फाण्डेसनलाई हस्तान्तरण गरिएको छ । कोरियामा संकलन गरिएको रकम लिएर नेपाल आएका कुवीर लिङदेन, नरेन्द्र योङहाङ, सरोज योङहाङ, मछिन्द्र योङहाङ र सुरेश योङहाले फाण्डेशनलाई रकम हस्तान्तरण गरेका छन् । फाउडेशनकै पहलमा यसअघि पनि पाँचथरै खैल मैन्दान समेत निर्माण गरिएको छ ।
