अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग कति छ आफ्नै सम्पति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग कति छ आफ्नै सम्पति ?
समायोजन खबर
शनिबार, फाल्गुन २८ २०७३
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफुले दिने विरोधाभास वक्तव्य, व्यवहारका मात्र धनी नभई आफुले कमाएको सम्पतिका पनि उत्ति नै धनी छन् । सबैलाई थाहा भएको कुरा हो उनी एक अमेरिकी व्यापारी पनि हुन् । ट्रम्पका परिवारका सदस्यले जे चाहयो त्यो सबै पुरा हुन्छ । केहि समयअघि चर्चित म्यागाजिन फोर्ब्सले उनी राष्ट्रपति हुनु अघि र भैसकेपछि उनीसंग भएको सम्पतिका बारेमा तथ्यांक सार्वजनिक गरेको थियो ।
१. सुनको लेप लगाएको प्लेन
ट्रम्पसंग वोइङ ७६७ नामक प्लेन छ । २४ क्यारेट सुनको जलप लगाइएको यस प्लेनमा वेडरुम, वाथरुम, टिभी रुम, डाइनिङरुम, लगायत सुविधा छन् । विमानभित्रका सिटवेल्ट, सिट, वाथरुम, टेवल आदी लगायतका सामानहरुमा समेत सुनको लेप लगाइएको छ ।
२. ट्रम्प अर्गनाइजेसन
राष्ट्रपति ट्रम्पले आफ्नै नामको ठूलो कम्पनी खोलेका छन् । यो एउटा विश्वकै सबैभन्दा ठूलो रियल स्टेट कम्पनी हो । यसको मूल्य १० अर्व अमेरिकी डलर रहेको छ । यस अर्गनाइजेशनबाट विभिन्न सामान उत्पादन हुनुका साथै होटेल र गल्फ कोर्सहरु सञ्चालन गरिएका छन् ।
३. क्यासिनोमा ट्रम्प
उनको १.२ अर्व अमेरिकी डलर लागत रहेको ताज महल क्यासिनो भने अझै उनको नाममा रहेको छ ।
४. गल्फ कोर्सेस
ट्रम्प व्यापारी नबनेका भए उनी पक्कै गल्फ खेलाडी बन्थे । गल्फमा उनी सुरु देखि नै सक्रिय थिए । हाल ट्रम्पसंग लस एन्जलस, क्यालीफोर्निया देखि युनाइटेड अरव इमिरेटमा १७ वटा गल्फ कोर्स छन् ।
५. हेलिकप्टर
राष्ट्रपति ट्रम्पसंग उनको आफ्नै प्लेन मात्र छैन । उनीसंग ३ वटा हेलीकप्टर समेत छन् । ७ करोड ५० लाख अमेरिकी डलर रहेको एस ७६ सिकोरस्काई नामक यस हेलीकप्टरका केहि भाग सुनले बनेका छन् ।
६. कार्लोस्टेभेल्ली स्टेट
ट्रम्पले यो घर सन् २०११ मा किनेका थिए । २३ हजार वर्ग क्षेत्रफलको लागी उनले ६।५ मिलियन अमेरिकी डलर तिरेका थिए । त्यसपछि ४५ कोठा, थिएटर, घोडाहरु लगायत बगैचा, र अन्य क्षेत्रफलको लागी उनले ७७ मिलियन अमेरिकी डलर तिरेका थिए ।
७. सेभेन स्प्रिङ
३९ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको यो भवन सिसा र ढुंगाबाट निर्माण गरिएको छ । उनले यो घर आफु, श्रीमती मेलेनिया र छोरा व्यारोनको लागी बनाएका हुन् । यसको मूल्य अहिले बढेपनि उनले यसका लागी ७।५ करोड अमेरिकी डलर तिरेको बताएका थिए । तर एक रिपोर्टका अनुसार उनले ३०० मिलियन डलर तिरेको बताइन्छ।
८. म्यारालागो स्टेट
सन् १९८५ मा अमेरिकाको पाल्म समुद्रस्थित ट्रम्पले १० मिलियन डलरमा म्यारालागो स्टेट किनेका थिए । जुन पछि गएर क्लबमा परिणत भयो । यहाँ ५८ वटा वेडरुम, ३३ वाथरुम, १२ वटा फायरप्लेस र ३ वटा बम सेल्टर रहेका छन् ।
९. कार
ट्रम्प आफ्नो यो निलो रङको कारलाई एकदमै मन पराउछन् । उनीसंग अन्य थुप्रै महंगा कार रहेका छन् । यी कारका केहि भागमा सुन समेत जोडिएको छ ।
१०. पेन्ट हाउस
ट्रम्पसंग ६८ तलाको गगनचुम्वी भवन छ । जसलाई ट्रम्प टावर समेत भनिन्छ । यस टावरमा रेष्टुरेन्ट, सपिङमल, अफिस, र उनको आफ्नै घर रहेको छ । टावरको ६८ औँ तलामा उनी बस्ने पेन्टहाउस रहेको छ । जहाँ मार्वलका भित्ता, हिरा जडित श्रीपेच र सुनले बनेका भित्ता तथा अन्य सामानहरु रहेका छन् । यो टावर सन् १९९३ मा निर्माण गरिएको थियो, त्यतिबेला यसको मूल्य १०० मिलियन अमेरिकी डलर भन्दा बढि थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]