• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

युकेबासी शेर्पाहरूले मनाए भब्यरूपमा ग्याल्पेा ल्हेासार

युकेबासी शेर्पाहरूले मनाए भब्यरूपमा ग्याल्पेा ल्हेासार


समायोजन खबर
  • सोमबार, फाल्गुन २३ २०७३

  • २३ फागुन, युके

    युकेभर  रहेका युकेका शेर्पाहरुले भब्यरूपमा ग्याल्पेा ल्हेासार मनाएका छन् ।कार्यक्रम श्री रिन्जी लामा शेर्पाको संयोजकत्वमा आयोजकहरु डाक्टर ङवाङ शेर्पा, काजी शेर्पा, सोनम शर्पा र श्रीमती माया शेर्पा ओङछु शेर्पाले आयोजनमा सम्पन्न भएको थियो ।


    शेर्पा एशोसियसन युकेले आयोजना गरेको कार्यक्रममा युकेभर रहेका शेर्पा तथा पाहुनाहरुको बाक्लो उपस्थिती थियो , भने उपस्थिति स्थानीय शेर्पा हरुले आकार्षक शेर्पा नृत्य, राफल ड्र लगायतको मनोरन्जनात्मक कार्यक्रमहरु  गरेर भरपुर मनोरन्जन गराएका थिए ।

    ग्याल्पो लोसार सिंगो नेपालको राष्ट्रिय चार्ड भएकोले सबैलाई नेपाल सरकार तथा नेपाली दुतावास लण्डनको तर्फबाट प्रमुख अतिथि महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदीले शुभ कामना ब्यक्त गर्नुभयो । त्यस्तैगरि विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्यालले एसोशियसनका आजीवन सदस्य तथा योगदान दिनुहुने महानुभावहरुलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

    अत्यन्तै ब्यवस्थित रहेको समारोहमा मौलिक शेर्पा सांस्कृतिक कार्यक्रम लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुतीका साथ नयाँ बर्षको शुभ कामना आदानप्रदान गरिएको थियो । समारोहका अध्यक्ष साना शेर्पाले परम्परागत अत्यन्तै पवित्र खदालाई एनआरएन लगायत संघसंगठनले षडयन्त्रमुलक ढङ्गबाट गलत विश्लेषण गरेकोमा आपत्ति ब्यक्त गर्नुभयो । वहाले सहभागि तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

    संगका अध्यक्ष साना शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव योन्तेन ग्याछे शेर्पाले संचालन गर्नुभएको युके बाट अ।ङ सेानाम शेर्पाले जानकारी दिनुभएकेा छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology