लिस्बोन – केही समय अगाडी विवादका कारण दुई धारमा रहेका पोर्तुगलका शेर्पाहरु विवाद सुरु भएकै विन्दुमा आएर मिलेका छन ।
२६ डिसेम्बर २०१५ मा सम्पन्न शेर्पा किदुग पोर्तुगलको तेश्रो अधिवेशनबाट निर्वाचित आङ नुरी शेर्पाको अध्यक्षतामा रहेको कार्यसमितिलाई नै निरन्तरता दिने गरी सम्झौता गरेर मिलेका हुन ।

पोर्तुगलको लिस्बोनमा विहिबार बसेको शेर्पा अगुवाहरुको संयुक्त बैठकले हिजोको दिनहरुमा विवाद भएयता भए गरेका सबै गतिविधिहरुलाई खारेज गर्दै पुरानै बिन्दुमा आएर मिल्ने सहमती गरेका थिए ।
सहमती अनुसार विवाद उत्पन्न हुनु अगाडी कायम रहेका तेश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरु सबै उही जिम्मेवारीमा रहेनेछन भने त्यो बीचमा पोर्तुगलको कानुन बमोजिम बैधता भएका कुराहरु पनि खारेज हुनेछन र सोही कार्यसमितिले नै हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलसँग संयुक्त रुपमा आगामी लोसारको कार्यक्रम आयोजना गर्ने भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology