• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ल्होसार गुथुक साझ सम्पन्न राजधानीमा लगातार तीनदिनसम्म ल्होसार कार्यक्रम हुदै ।

ल्होसार गुथुक साझ सम्पन्न राजधानीमा लगातार तीनदिनसम्म ल्होसार कार्यक्रम हुदै ।


समायोजन खबर
  • आइतबार, फाल्गुन १५ २०७३

  • काठमाडौ, फागुन १५ । शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसार आगामी सोमबारदेखि शुरु हुने भएपनि शनिबार देखिन राजधानीमा ल्होसारको चहलपहल शुरु भएको छ । शेर्पा समुदायको महान चाड नया वर्ष ‘मे मो च्या लो २१४४’ लोसारको शुरु हुन अगावै शनिबार गुथुक कार्यक्रम भव्यताका साथ मनायो ।

     

    हिमालयन शेर्पा सास्कृतिक केन्द्रद्धारा राजधानीको गौसल्लास्थित सिफल मैदानमा आयोजित उक्त कार्यक्रम स्वास्थ्य मन्त्रि गगन थापाले उदघाटन गरेका छन । केन्द्रले ल्होसारको अवसरमा बार्षिक रुपमा लोसार गुथुक सााझ आयोजना गर्दै आएको छ । शनिबारदेखिन ३ दिनसम्म हुने हुने ल्होसार गुथुक साझ कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले शेर्पा जातीको महान चाढ ल्होसारको शुभकामना दिदै यस्ता राष्ट्रिय पर्वहरुलाई राज्यले समान व्यवहार गर्दै आएको बताएका छन ।

    शेर्पा समुदायको यो महान पर्व लोसार पर्वमा आफुलाई आमन्त्रण गरेकोमा मन्त्री थापाले आयोजकहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा आङ तेन्जिङ शेर्पाको पहिलो एल्वम सोल्टीनीज्यूको विमोचन समेत मन्त्री थापाले गरेका थिए । त्यस्तै दोश्रो दिन आइतवार हुने बृहत स्याबु्र नृत्य प्रतियोगिता र शेर्पा भाषामा वक्तृत्वकला प्रतियोगिता समाजसेवी एव पुर्व सभासद जिप छिरीङ शेर्पाको प्रमुख आतिथ्यिमा हुन गइरहेको छ भने सोमबारको हुने समापन कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यिमा हुनगइरहेको आयोजकले जानकारी दिएको छ । शनिबार भएको कार्यक्रममा शेर्पा समुदायका कलाकार, बरिष्ठ गायक लाक्पा शेर्पा त्यसैगरि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology