
संघीय खेलकुद महासंघ, नेपाल अन्तर्गतका घटक संघहरु गठन गरिएको छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता तथा खेलकुद महासंघका इन्चार्ज बिरेन्द्र प्रधान र महासंघका अध्यक्ष पुर्णबहादुर बस्नेतको विशेष आतिथ्यतामा सम्पन्न भेलाले प्रेमकुमार नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय संघीय तेक्वान्दो संघ नेपाल, बिरेन्द्रकुमार शर्माको अध्यक्षतामा १८ सदस्यीय संघीय क्रिकेट संघ नेपाल र पासाङ गेम्जु शेर्पाको अध्यक्षतामा १५ सदस्यीय संघीय भलिबल संघ, नेपाल केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा शनिबार आयोजित भेलाले तेक्वान्दो संघको महासचिवमा नरेश यादव, उपमहासचिवमा सुन्दर राई, सचिवमा रुपेश उप्रेती तथा सदस्यहरुमा भीमराज राई, जसीहव थुलुङ, सन्तोष भुजेल, रमेशकुमार राई, धिरेन्द्रकुमार यादव, सरोजकुमार यादव, सपना राई, सुरेन्द्र राई र नारायण लामालाई चयन गरेको हो ।
क्रिकेट संघको उपाध्यक्षमा सदिप बरै र उमेशचन्द्र शाह, महासचिवमा सरोजकुमार राय, उपमहासचिवमा सुभाषकुमार यादव, सचिवमा रामउद्गार महतो, र कोषाध्यक्षमा सुमितकुमार यादव चयन भएका छन् । संघका सदस्यहरुमा शशि दास, अरुणकमार ठाकर, कृष्णकमार ठाकर, धिरेन्द्र कमार यादव, दिनेशकमार यादव, सजित प्रसाद कमल, जितेन्द्र कमार यादव, रामबृक्ष साह, रामदयाल महर, मकेशकमार यादव, सन्तोषकमार यादव रहेका छन् ।
सोही भेलाबाट उपाध्यक्षहरुमा ङिमदिकी शेर्पा र बिजय मेहता, महासचिवमा आङनिमा शेर्पा, उपमहासचिवमा मुना राई, सचिवमा मिङमा शेर्पा, कोषाध्यक्षमा प्रविण केसी साथै सदस्यहरुमा नुरु शेर्पा, अशोक सुनुवार, दावा शेर्पा, फुर्वा शेर्पा, गेल्जेन शेर्पा, मिङमा शेर्पा, सागर श्रेष्ठ र फुनुरु शेर्पा रहेको संघीय भलिवल संघ, नेपाल गठन भएको छ ।
भेलामा प्रमख अतिथि, विशेष अतिथि र अतिथि लगायतले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
तेक्वान्दो संघका इन्चार्ज नेत्रबहादुर नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्रिकेट संघका इन्चार्ज सन्तोषकुमार दासले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन भलिवल संघकी उपाध्यक्ष ङिमदिकी शेर्पाले गरेकी थिईन