२३ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । आयोगको आइतबार बसेको बैठकले म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
<iframe width=”854″ height=”480″ src=”https://www.youtube.com/embed/pOS4oOyx–s” frameborder=”0″ allowfullscreen></iframe>
यसअघि आयोगको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आयोगका सदस्यहरुबीच नै विवाद थियो ।
सशस्त्र द्वन्द्वकालीन घटना छानबिन गरी दोषिलाई कारबाही र पीडितलाई राहत सिफारिस गर्न गठन भएको आयोगको म्याद यही माघ २७ गते सकिँदै छ ।
वेपत्ता छानबिन आयोगले भने यसअघि नै एक वर्ष म्याद थपका लागि शान्ति मन्त्रालयमा प्रस्ताव पठाइसकेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology