• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुरुङ्लाई अध्यक्ष चयन गर्दै गोरखाको गुम्दामा समाजवादी फोरम गठन

गुरुङ्लाई अध्यक्ष चयन गर्दै गोरखाको गुम्दामा समाजवादी फोरम गठन


समायोजन खबर
  • बिहिबार, माघ २० २०७३

  • पोखरा, 20 माघ ।

    पहिचानसहितको संघीयता, अधिकारसहितको संविधानको अभियानमा जुटेको संघीय समाजवादी फोरम गोरखाको राजनीतिक जागरण एवं संगठन निर्माण अभियान अन्र्तगत गुम्दा गाविस वडा नं ।५ मा बृहत भेला सम्पन्न गरेको छ ।तमुवान जागरण राजनीतिक अभियान अन्र्तगत सम्पन्न उक्त भेलाले सुरपान गुरुङको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ ।

    संघीय समाजवादी फोरमका केन्द्रीय सचिवालय सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङ, उत्तरी गोर्खा तमु समाजका महासचिव तेजबहादुर गुरुङ, गोर्खा क्षेत्र नं । ३ का क्षेत्रीय इञ्चार्ज सुङमान गुरुङ, जिल्ला सदस्य कुलमान गुरुङ, कलाकार संयोजक शाहीबहादुर गुरुङ,कलाकारहरु तारा गुरुङ, अञ्जना गुरुङ, सुनबहादुर गुरुङ र सहयोगी देशबहादुर गुरुङ अभियानमा रहनुभएको छ ।

    अभियान अन्र्तगत अत्यन्तै दुर्गम गाँउ उहिया, सिर्दीबास, केराउजा, कासी गाँउ लगायतमा कार्यक्रम तय गरिएको नेता गणेशमान गुरुङले जानकारी दिनुभयो ।अभियानमा कै क्रममा गुम्दामा कामी गुरुङको अध्यक्षतामा १७ सदस्यीय, लाप्राकमा दिलवहादुर गुरुङको अध्यक्षतामा २४ सदस्यीय, बारपाकमा टेकबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय, बारपाककै वडा नं । १ मा विष्णु गुरुङको अध्यक्षतामा १६ सदस्यीय, वडा नं । २ मा पुरबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ

    ।गाँउ गाँउमा भएका भेलाहरुमा पूर्व सांसद हितकाजी गुरुङको तमुवान गीत लगायतमा साँस्कृतिक समुहले सास्कृतिक प्रस्तुति गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology