• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हाम्रो पहिचान

हाम्रो पहिचान


समायोजन खबर
  • बिहिबार, असार २१ २०७५


  • सजिना माेक्तान

    उ पर
    एक ढिस्को माटोको
    डिलमा उभिएर चियाउँछु
    म मेरो देशको इतिहाँस
    प्रकृतिका प्रत्येक चट्टानहरुमा
    इतिहाँसका दास्तावेजहरु
    चाहत -चाहत आहत-आहत वनेर
    माटोको कणहरुभरी
    सल्वलाइरहेको पाउँछु
    मेरो पूर्खाको साहस
    तामाङ कविला राज्यको
    दवाएको इतिहास
    जहाँ शन्देस वोकेर
    नगर्चीहरु नगरा वजाउँदै
    व्युझाइरहेको पाउँछु
    जिजु वराजुको पालामा
    कान्तिपुरी नगरीको दरवारवाट
    दुरविन लगाएर हेरेपछि
    प्रजाको झुपडीको धुरीवाट
    चुलो वलेको या धुँवा उडेको
    निगरानी गरिसकेपछि
    अडर हुन्थ्यो रे सुसारे/ वैठकेहरुलाई
    प्रत्येक घरका मिठा मसिना
    दरवारमा पुर्याउने आदेश दिन
    अनि हुकुम गरिन्थ्यो रे
    सवै प्रजालाई हजिर हुन
    चन्द्र शम्शेरको पालामा
    कान्तिपुरी नगरी वरीपरिका
    गाउँ गाउँ बाट
    तामाङ छोरी चेलीहरु माथी
    दरवारले हक जमाउथे रे
    कुनै वस्तु झैँ छानी छानी
    गाउँ गाउँ वाट
    तामाङ चेलीहरु उठाएर
    संयौ लाई दरवरियाहरुले
    वलत्कार गर्थे रे
    ति सवै सवै हाम्रा
    जिजु हजुर आमा दिदी हुँदी हुन्
    इज्यत अनि कलिला यौवनहरु
    लुटाएर यौन पिपासुहरुले
    कति लाई त मार्थे रे
    अनि हुकुमी शासनको मारमा
    सँधै पिल्सिरहने मेरा वराजुहरुले
    यौवन लुटिन विवस हजुरआमाहरुले
    आफ्नो सवै सवै लुटाएर
    वचाएको यो मेरो एक टुक्रो
    ताम्सालिङ भूमि
    मेरा पूर्खाको नासो
    मेरो भाषा अनि भेष भुषा
    छ्योई अनि लिपी
    इतिहाँस वनेर
    काठका सन्दुकहरुमा
    भग्नावशेष वनेर
    धर्तीका आँगनहरुमा
    थन्किएको छ
    वाउ वाजेको रगत र पसिनाको
    मोल साटिएको यो इतिहाँस
    आज म खोजिरहेकी छु
    प्रत्येक माटोका ढिस्काहरुले
    पुरिएका थुम्कोहरुमा
    वराजुका पैतालाको डोवहरुले
    किच्चिएका शासकका
    मक्किएका सालिक छेउहरुमा
    जहाँ जिजु वराजुको हातका रेखाहरु
    सालिक वनाउँदा वनाउदै
    खिइएका थिए रे
    मूर्ति कुँद्दा, ढुँगा वोक्दा वोक्दै
    ढाड कुप्रिएका थिए रे
    र त आज मेरो देशको सिमाना
    मेरी जिजु हजुर आमाको
    मैलो थैली जस्तै गरी
    खुचुमुच्चा खुम्चिएको छ
    दिनप्रतिदिन सुस्ता लुटिरहेछ
    नालापानी कालापानी रोइरहेछ
    पशुपतिनगर छटपटिरहेछ
    देश दुखिरहेछ।।
    यो देशको कोख भित्र
    मुटु वनेर सल्वलिरहेको
    मेरो पूर्खाको नासो
    मेरो ताम्सालिङ भूमि
    अपहरणमा परेको छ
    जेलको जन्जिर तोडेर या
    रिहा गराएर
    फेरी पनि यो देशमा
    तामाङ साम्राज्य स्थापना गर्नु छ
    तामाङ कविला राज्यको इतिहाँस
    भावी पुस्ताका लागि जोगाएर
    यो भूमिको माटोको सुगन्धमा
    विहानीको हावा सयर गराउनुछ
    खोसिएको हाम्रो इतिहाँस
    पुनर्स्थापित गराउनुछ
    हाम्रो पहिचान फूलाउनुछ ।।

     

    लेखक फाेनिज जापानका सदस्य समेत हुनुहुन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology