• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आकाशे पुल खस्दा कम्तीमा चारको मृत्यु

आकाशे पुल खस्दा कम्तीमा चारको मृत्यु


समायोजन खबर
  • शुक्रबार, चैत्र २ २०७४

  • १६ मार्च ।अमेरिकाको मायामी शहरस्थित एकदमै व्यस्त सडक क्षेत्रमा पैदलयात्रीका लागि हालै निर्माण गरिएको एउटा पुल भत्कँदा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

    फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी कार्यमा उद्धारकर्ताहरु खटिइरहेका छन्।

    आपत्‌कालीन उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका कारहरुमा फसेका मानिसहरुलाई बाहिर निकालिरहेका छन्।

    उक्त पुलको निर्माण शनिबार पुरा भएको थियो तर त्यो पैदल यात्रुका लागि खुल्ला गरिएको थिएन।

    निर्माण

    प्रत्यक्षदर्शीहरूले चारैतिर धुलोको मुश्लो उडिरहेको देखेको र कारहरूबाट मानिसहरू चिच्याइरहेको आवाज सुनेको जानकारी दिएका छन्।

    स्थानीय समय अनुसार अपरान्ह दुई बजे भन्दा केही अघि मात्र उक्त ९ सय ५० टनको आकाशे पुल भत्किएर तलको सडकमा खसेको थियो।

    जसका कारण कैयौँ सवारी साधनहरू क्रंकिटको भग्नावशेषमा पुरिएका थिए।

    फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीका विद्यार्थीहरूले त्यहाँ रहेको ६ लेनको मोटरबाटो सुरक्षित रुपमा काट्न सकुन् भनेर उक्त पुल बनाइएको थियो।

    यातायत सेवा प्रभावित नहुने गरी द्रूत रुपमा निर्माण गर्न मिल्ने अत्याधुनिक विधिबाट उक्त पुल बनाइएको थियो।

    अमेरिकाको यातायत सुरक्षा हेर्ने निकायले घटनास्थलमा आफ्ना अनुसन्धानकर्ताहरू पठाउन लागेको जनाएको छ।

    निर्माणमा संलग्न कम्पनी एमसीएमले जाँचमा पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाएको छ।

    स्रेात बिबिसी नेपाली सेवा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology