• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त, आजै नयाँ प्रधानमन्त्री चयन हुने

पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त, आजै नयाँ प्रधानमन्त्री चयन हुने


समायोजन खबर
  • आइतबार, चैत्र २७ २०७८

  • पाकिस्तानी प्रधानमन्त्री इमरान खान

    समायोजन खबर, पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ। शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि खान पदमुक्त हुनु भएको छ।

    इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री हुनुभएको छ। आइतबार मध्यराति पाकिस्तानको संसद्‌ ९राष्ट्रिय सभा० मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको पक्षमा खसेपछि अविश्वासको प्रस्ताव पारित भएको हो।

    अविश्वास प्रस्ताव पारित भएसँगै पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएलएन) का अध्यक्ष शाहबाज सरिफले पाकिस्तानले पुनः संविधान र कानुनलाई स्थापित गर्न चाहेको बताउनुभएको छ। त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्त्व भएको बताउनुभएको छ। नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology