• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आमा बन्दै सुन्दरी नायिका काजल

आमा बन्दै सुन्दरी नायिका काजल


समायोजन खबर
  • शुक्रबार, माघ ७ २०७८

  • भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल

    समायोजन खबर, बलिउड तथा दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्ने हुनुभएको छ। उहाँका श्रीमान् गौतम किच्लुले सन् २०२२ को नयाँ वर्षका दिन इन्स्टाग्राममा यसबारे जानकारी दिनुभएको हो।

    पेशाले व्यवसायी गौतमले काजलको फोटो राख्दै क्याप्सनमा गर्भवतीको इमोजी राखेर आफूहरू आमाबुवा बन्न लागेको खबर दिनुभएको थियो। काजलले हालै सामाजिक सञ्जालमा ‘प्यारेन्टल क्लास’ लिएका तस्वीर पनि राख्नुभएको छ।

    उहाँहरूको बिहे सन् २०२० अक्टोबरमा भएको थियो। कोरोना महामारीका कारण उहाहरूको बिहेमा परिवार र निकट आफन्त तथा साथीहरूको मात्र उपस्थिति थियो। सन् २००४ हिन्दी फिल्म ‘क्युँ हो गया ना…’ चलचित्रबाट बलिउड प्रवेश गर्नुभएकी काजल सन् २००७ मा ‘लक्ष्मी कल्यानम्’ बाट तेलेगू चलचित्र उद्योगमा प्रवेश गर्नुभएको थियो।

    त्यही वर्ष सार्वजनिक भएको ‘चन्दामामा’ बाट भने उहाँले आफ्नो पहिचान बनाउन सफल हुनुभयो। तर उहाको करिअरको चर्चा सन् २००९ मा आएको ‘मगधिरा’बाट भएको हो। सन् २०२० मा काजलको मैनको मूर्ति म्याडम टुसाड्स सिंगापुरमा राखिएको थियो। त्यहाँ यस्तो मूर्ति राखिने उहाँ पहिलो दक्षिण भारतीय अभिनेत्री हुनुहुन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology