चैत २- बेलायतले २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले यो निर्णय गरेसँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ । बेलायतले रुसकाथि रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ । बेलायतले एक हप्ताभित्र निष्कासित रुसी कुटनीतिज्ञहरुले बेलायत छाड्न निर्देशन दिएको छ । रुसले भने सबै आरोपको खण्डन गरेको छ ।
मार्च चारमा बेलायतमा एक रुसी जासुर र उनकी छोरीलाई रुसले विष दिएको आरोप लागेको थियो । उनीहरुको अवस्था गम्भीर थियो । उनी एक दोहोरो जासुुस भएको बताइन्छ । रुसको जासुस भनिए पनि उनी बेलायतका लागि काम गर्ने गरेको बताइन्छ । बेलायती प्रधानमन्त्री थेरेजा मेले बेलायतका भएका सबै रुसी सरकारी सम्पत्ति जफत गर्ने चेतावनि दिँदै अहिलेलाई रुससँगको सबै सम्वन्ध तोडिएको बताएकी छिन् । यही वर्ष रुसमा हुने विश्वकप फुटबलमा समेत बेलायती शाही परिवारका सदस्य सहभागी नहुने प्रधानमन्त्री मेले बताएकी छिन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बेलायती अधिकारी जोनाथन एलेनले रुसले यस्तो रासायनिक हतियार प्रयोग गरेको बताएकी जुन युद्धमा समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकी राजदूत निकी हेलीले पनि बेलायतको समर्थन गरेकी छिन् ।
संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वेस्ली नेबेनजियाले बेलायतले लगाएको सबै आरोप निराधार भएको बताउँदै प्रमाण पेश गर्न चुनौति दिएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology