• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भेटवार्ताका लागि किमले गरेको आग्रह ट्रम्पद्वारा स्वीकार

भेटवार्ताका लागि किमले गरेको आग्रह ट्रम्पद्वारा स्वीकार


समायोजन खबर
  • शनिबार, फाल्गुन २६ २०७४

  • वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङले भेटघाटका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । यदी ट्रम्पले किमलाई भेटे कुनै पनि बाहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको यो पहिलो अवसर हुनेछ ।

    यो आश्चर्यजकन खुलासा दक्षिण कोरियाली नेताले वासिङटनमा गरेका हुन् । उनैले उत्तर कोरियाली नेताको पत्र बोकेर अमेरिकी राष्ट्रपतिलाई बुझाएका थिए । ती नेताका अनुसार किमले परमाणु कार्यक्रम र क्षेप्यास्त्र परिक्षण स्थगित गर्न र ‘परमाणुरहित’ बन्न प्रतिबद्धता पनि प्रकट गरेका छन् । लामो समयको तनाव र युद्धको धम्कीपछि अन्ततः शान्तिपूर्ण ढंगले यो समस्या समाधान हुने तर्फ अग्रसर देखिएको छ । तर, विशेषज्ञहरुले भने यस्तो प्रतिबद्धताका लागि लामो कुटनीतिक पहल आवश्यक हुने बताउँदै यति चाँडो आयोजना हुने वार्ताले कस्तो परिणाम निकाल्ने छ भन्नेमा आशंका व्यक्त गरेका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो विकसित घटनाक्रमलाई ‘ठूलो प्रगति’ को संज्ञा दिएका छन् । तर, उनले ठोस सहमति नभएसम्म उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध जारी रहने बताएका छन् । उत्तर कोरियाले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयुई योङले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले राष्ट्रपति ट्रम्पलाई हामीसँगको वार्तामा उत्तर कोरियाली नेता किम जोङ उनले परमाणुरहित बन्न प्रतिबद्धता व्यक्त गरेको कुरा राखेको छु ।’ ‘राष्ट्रपति ट्रम्पले यस प्रगतिबारे प्रशंसा गर्दै मे महिनाभित्र किम जोङ उनलाई भेटेर परमाणु कार्यक्रमबारे दीर्घकालिन सम्झौता गर्ने बताउनुभएको छ ।’ विश्व समुदायबाट आफूलाई अलग राख्दै आएको उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई विकास गर्दै आइरहेको थियो । यसबीचमा उसले ६ वटा परमाणु परिक्षण गरेपछि विश्व समुदाय उसको उद्देश्यप्रति सशंकित बनेको थियो । जसले अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीच तनावको स्थिति पैदा भएको थियो ।

    तर, दक्षिण कोरियामा आयोजित शीतकालिन ओलम्पिक खेलले उत्तरसँग कुटनीतिक पहल गर्ने ढोका खोलेको थियो । दक्षिण कोरियाली डेलिगेसनले यही हप्ता किम जोङ उनसँग ऐतिहासिक वार्ता पनि गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology