फागुन २२ – रुसको एक सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त भएको छ । रुसको रक्षा मन्त्रालयले दुर्घटनामा परि विमानमा सवार २६ यात्रु तथा चालक दलका ६ जना सदस्यकेा ज्यान गएको जनाएको छ ।
रिया नोवोस्ती न्यूज एजेन्सीको जनाए अनुसार दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक रिपोर्टका अनुसार रुसी सैन्य विमान खमेमिम एयरबेसमा उत्रँदै गर्दा दुर्घटनामा परेको हो ।
रुसले आफ्नो विमान दुश्मनको निशानामा नपरेको बताउँदै दुर्घटनाको प्रमुख कारण प्राविधिक गडबडी भएको बताएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology