• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालको पदयात्रामा दनिसको योगदान

नेपालको पदयात्रामा दनिसको योगदान


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ४ २०७४

  • नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन खासगरी युरोपेली मुलुक बेलायत, फ्रान्स, इटाली आदिको अग्रणी भूमिका छ । त्यसमा पनि पर्वतारोहण र पदयात्रा विधामा यी देशको योगदान धेरै रहेको छ । सन् १९५० मा फ्रेन्च नागरिक मोरिस हेगर्सले सर्वप्रथम अन्नपूर्ण पहिलोे (८०९१ मिटर) शिखर चुमेका हुन् । त्यसपछि नेपालका हिमालहरूमा विदेशीहरूको मोह बढ्दै गयो । समयक्रम सँगसँगै विदेशीहरूबीच नेपालका यस्ता अग्ला हिमाल आरोहण गर्नमा प्रतिस्पर्धा नै चल्यो । हाम्रो पर्यटन व्यवसाय पनि विस्तारै फस्टाउँदै गयो । खासगरी फ्रान्स, जर्मन, इटाली स्वीट्जरल्यान्ड आदि युरोपियन देशहरूले नेपालको पर्वतारोहण र पदयात्रामा लुकेर बसेका धेरै सम्भावनाहरू बाहिर ल्याए ।

    त्यसक्रममा धेरै विदेशी माउन्टेन गाइड र ट्रेकिङ गाइड आएर नेपालको पर्यटन क्षेत्रमा योगदान दिए । यस्ता केही दक्ष र व्यावसायिक व्यक्तिले पर्यटनमा दिएको अथक योगदान नेपाली पर्यटनको इतिहासमा अझैपनि जाजल्यवान छ । त्यस्तै, नेपालको पर्यटन विकासमा अमूल्य योगदान गर्नेमध्येका एक व्यक्ति हुन् फ्रान्सका नागरिक दनिस पुले । सर्वप्रथम उनी नेपालमा क्याम्पिन ग्रुपको रूपमा आएका थिए । उनी नेपाल आएपछि यहाँको वातावरणमा घुलमिल भए, जसले गर्दा उनीलाई नेपालले दोस्रो घरको अनुभूति दिलायो । पछिल्लो समय नेपालमा क्याम्पिङ गु्रपमा आउनेको संख्या घट्दै गएको छ । पुलेले सुरूमा सन् १९८० मा भारतको काश्मीर हिमाली क्षेत्र नुनकुनको पदयात्रा गरेका थिए । नुनकुन क्षेत्र समुन्द्र सतहभन्दा लगभग ७ हजार मिटर उचाइमा रहेको छ ।

    उनले फ्रान्सस्थित ट्रेकिङ अफिससँग यो क्षेत्र आफूलाई धेरै मन परेकाले फेरि पनि त्यस क्षेत्रमा जानका लागि आग्रह गरे । तर त्यो कम्पनीले उनलाई नेपालको गोसाइकुण्ड पनि उपयुक्त छ भन्ने सिफारिस गरेर नेपाल पठाइदियो । दनिस सहरभन्दा गाउँ मन पराउने स्वभाव भएका मानिस रहेछन् । पेरिसमा जन्मे पनि उनलाई त्यहाँको गाउँ, पहाड र हिमालले नै बढी आकर्षित ग¥यो । सानो छँदा उनी आÏना बुबाआमासँग मख्जिन भन्ने गाउँ गए । उनलाई त्यहाँको वातावरण धेरै मन प¥यो । उनले आफ्ना अभिभावकसँग यही बस्ने भनेर ढिपी गरेकाले बाध्य भएर बुबाले एक सातासम्म त्यहीँ बसेको उनी सम्झिन्छन् । त्यहाँको हिमालले उनलाई हिमाली क्षेत्रमा रहन पे्ररित ग¥यो । फ्रान्समा सबै वयस्कलाई सेनाले दिने तालिममा पनि उनले अफिसरलाई हिमाली आर्मीको तालिममा राख्न अनुरोध गरे ।

    उनको यस्तो आग्रह सुनेर ती अधिकृत छक्क परे । उनले १६ महिनासम्म आर्मीमा काम गरे । त्यसपछि धेरैखालको काममा उनी संलग्न रहेता पनि उनको मुख्य विषय भूगोल अध्ययन थियो । पछि उनले इतिहास विषयमा पनि स्नातक गरे । उनको ट्रेकिङ व्यवसायी साथीहरूसँग राम्रो सम्बन्ध थियो । दनिस सन् १९८० मा हेलम्बु गोसाइकुण्ड पदयात्रामा आउँदा टि हाउस ट्रेकिङको सुविधा थिएन । ट्रेकिङ सबै व्यवस्था आफैं गर्नुपथ्र्यो । त्यो समय तालिमप्राप्त दक्ष जनशक्ति र पदयात्राअनुकूल बुझ्ने समाज थिएन । त्यसबेला ग्रुपमा कोही बिरामी भयो भने बिरामीलाई भरियाले बोकेर तल झार्नुपथ्र्याे । यस्ता धेरै ग्रुपसँग दनिसले काम गरे ।

    त्यसपछि उनी लगातार नेपालको टे«किङ आउन थाले । नेपालको सबै हिमाली टे«किङ रुट र अप्ठ्यारा बाटाहरूमा दनिसले टे«किङ गरिसकेका छन् । दनिस भन्छन्, ‘म ट्रान्स हिमालय पनि हिँडे यो राम्रो ट्रायल पनि हो, यो गाह्रो रुट पनि हो, म जहिले पनि नयाँ ट्रायलमा हिँड्न मनपराउने मानिस हँु, दनिस सगौरव उल्लेख गर्छन् मैले धेरै ठूला कम्पनीको ट्रायल हेरेको छु, अहिलेसम्म सबैभन्दा अप्ठ्यारो रुट गुर्जा गाउँ धौलागिरिको ट्रायल पनि मैले नै गरेको हँु ।’

    दनिसले फ्रान्सको टेयरआभान्चुर र आतलान्तजस्ता ठूला टे«किङ कम्पनीको सहयोगमा वरुण क्षेत्र, मकालु कन्चनजंघा, धौलागिरि, डोल्पा, मुगुजस्ता अप्ठ्यारा रुटमा पनि सफलतापूर्वक पदयात्रा गरेका छन् । ती क्षेत्रमा पदयात्राको बाटो पत्ता लगाउने काम पनि दनिसले गरेका हुन् । जसले गर्दा टे«किङ व्यवसायमा नयाँनयाँ रुटको विकास भयो ।

    धेरै टे«किङ कम्पनीले मेरो रुट र मैले गरेका ट्रायल चोरेका पनि छन् । उनले हरेक ट्रेकिङ गर्दा नेपालको कुनाकुना घुमेर परम्परागत भाँडा, जातिगत पहिरन, गहना तथा नेपाली समाजमा प्रचलनमा रहेका र लोप हँुदै गएका पुराना सामग्रीहरू संकलन गरेका रहेछन् । अहिलेसम्म उनले १३ सयजति फरकफरक चीजहरूको संकलन गरिसकेका छन् ।

    यसरी संकलन गरेका वस्तुहरूको संग्रहालय बनाएर सुरक्षित राख्ने योजना बनाए पनि सफल हुन सकिरहेको छैन । यद्यपि, उनले यी सामग्रीको प्रदर्शनी गरेर नेपाली र नेपालबारे फ्रान्सेली जनतालाई बुझाउने काम पनि गरेका छन् । उनको पहिलो प्रदर्शनी ४५ दिनसम्म चल्यो । लगभग ८ हजार युरोपियनले त्यो प्रदर्शनीको अवलोकन गरे । यसले उनलाई थप हौसला प्रदान ग¥यो । अवलोकनकर्ताहरूले ती प्रदर्शन गरिएका सामग्रीहरू आफूलाई बेच्न आग्रह गरे पनि उनको उद्देश्य बिक्रीवितरण गर्नु थिएन । यसैगरी फ्रान्सको प्रख्यात सहर एक्स अप्रभंसमा गरेको प्रदर्शनीमा १२ हजारले अवलोकन गरे । उनीहरूले नेपालको संस्कृतिलाई राम्रोसँग चिन्ने मौका पाए ।

    मैले फ्रान्समा प्रदर्शनी गर्दा र म्युजियममा आउने धेरै मानिस मसँग परिचित पनि हुन्थे । मलाई नेपालमा त्यहाँको टुरिजम बोर्डले नेपालको पर्यटनमा उल्लेखनीय काम गरेबापत सम्मानपत्र दिएको छ भने टे«किङ व्यवसायीहरूको संस्था टानले पनि सम्मानित गरेकोे छ । यद्यपि, मैले नेपालको पर्यटन विकासका लागि गरेको अतुलनीय योगदानलाई नेपाल सरकारले खासै महŒव दिएको मैले अनुभव गरेको छैन ।

    नेपालबाट लगिएका यस्ता पुरातन सामग्रीहरूको फ्रान्सका विभिन्न सहरमा प्रदर्शन गर्दा मैले आप्mनो पैसा खर्च गरेर प्रदर्शनीस्थल भाडामा लिने गरेको छ । यसले प्रत्यक्ष रूपमा नेपालको पर्यटन क्षेत्रलाई निकै फाइदा पुगेको छ । मैले यस्तो प्रदर्शनी हरेक वर्ष गर्ने गरेको छु । यसका अलावा उनले आर्थिक रूपमा ज्यादै विपन्न केही नेपाली परिवारलाई सहयोग पनि गर्दै आएका छन् ।

    विगतमा गएको विनाशकारी भूकम्पको समयमा दनिसले केही घर बनाउनलाई सहयोग गर्नुका साथै विपन्न परिवारलाई लत्ताकपडासमेत सहयोग गरे । सुरूवाती दिनमा ट्रेकिङ व्यवसायलाई रमाइलोका रूपमा लिएका दनिसको अन्तिम लक्ष्य र पहिचान दिलाउने काम यसैबाट भयो । उनका घनिष्ठ मित्र ज्याकबोनले नै उनलाई ती संकलन गरिएका सामग्रीहरूको प्रदर्शनी गर्न प्रेरणा दिएका थिए । ज्याकबोन फ्रान्सको चर्चित खेलकुद प्रशिक्षक र आरोही थिए ।

    बहुमुखी प्रतिभाका धनी दनिस डकुमेन्ट्रीमा पनि विशेष रूचि राख्छन् । उनले नेपालको हिमालय र तिब्बती धर्म संस्कृतिसम्बन्धी हिमालय भोटिया नाम गरेको डकुमेन्ट्री बनाए । यो डकुमेन्ट्री अत्यन्त चर्चित प्रतियोगिता किम्फमा समेत प्रदर्शनी भएर दर्शकबाट वाहवाही पाएको थियो । हिमाली पर्यटनमा विशेष रूचि राख्ने उनले

    ‘भ्युज अन द हिमालय’ भन्ने नाम गरेको डकुमेन्ट्री बनाएर नेपाल र युरोपका विभिन्न देशमा प्रदर्शन गरेका थिए । हालसम्म दनिस पुलेले जम्मा ७८ पटक नेपालको भ्रमण गरिसकेका छन् । उनले टे«किङ व्यवसायमा संलग्न हुनुभन्दा पहिला फ्रान्समा मोटरबाइक पाइलट, फ्रान्सको प्रसिद्ध दौड ‘ल मन्स’ प्रतियोगितामा भाग लिई तीनपटक विजेतासमेत भएका थिए । यसैगरी, उनले अफ्रिकी देश बोलिभियामा पनि एक्सपिडिसन टिमको लिडर भएर काम गर्नुका साथै अन्धो व्यक्तिलाई किलिमन्जरो ५८९५ मिटरमा पथ प्रदर्शक बनेर उदाहरणीय काम गरेर सबैका मन जितेका थिए । साहसिक व्यक्तित्व दनिसले भूमध्ये सागरमा भएको ४० फिट लामो डुंगाको दौड प्रतियोगितामा सहभागी भएर भएका थिए ।

    सारमा भन्ने हो भने फ्रान्समा जन्मिएर पनि नेपाली र नेपालको पर्यटन अझ त्यसका पनि पर्वतारोहणसम्बन्धी पर्र्यटनमा धेरै नै महŒवपूर्ण र साहसिक काम गरेर नेपाललाई विश्वसामु चिनाउन अतुलनीय योगदान गरेका दनिसको यो कामलाई नेपालीले धन्यवाद दिनैपर्छ

    source-nepalnews.com

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology