• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सौन्दर्यकरणमा अब्बल साकेला गाउँपालिका (फोटोफिचर)

सौन्दर्यकरणमा अब्बल साकेला गाउँपालिका (फोटोफिचर)


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ८ २०८२

  • साप्सुखोलामा गाउँपालिकाले निर्माण गरेको साकेला वाक। तस्वीरःचिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले सौन्दर्यकरण अन्तर्गत विभिन्न संरचनाहरु निर्माण गर्दै आएको छ। पाँच वडा मिलेर बनेको गाउँपालिकाले सौन्दर्यकरणलाई प्राथमिकता दिंदै गाउँपालिका प्रवेश गर्ने सिमानाहरुमा विभिन्न संरचना निर्माण गरेका हुन्।
    गाउँपालिकाले आफ्नो सिमाना मात्तिम ५ साप्सुखोलामा सौन्दर्यकरणका विभिन्न संरचनाहरु तयार गरेका छन्। स्थानीय कच्चापदार्थ प्रयोग गरी साप्सुखोला सिमानामा साकेला वाक, फोटो खिच्नलाई फ्रेम, बस बिसौनी, फलैचा, गेट, सडकको दुरी लेखिएको बोर्ड, गाउँपालिकाभित्र बसोबास गर्ने १३ जातजातिको चित्र(आर्ट), चार धर्मावलम्बीको धर्मका प्रवर्तकहरुको चित्र, साकेला गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटीयकस्थलहरुको(आर्ट)चित्र उतारिएको छ।साप्सुखोलादेखि गाउँपालिकाको केन्द्र मानेभन्ज्याङसम्म सडक किनारमा आर्कषक बस बिसौनी निर्माण गरेको छ। बस बिसौनीमा फोहोर वर्गीकरण गर्ने तीनवटा डस्टवीन पनि राखेको छ। गाउँपालिकाको केन्द्र मात्तिम मानेभन्ज्याङमा त्रि–धार्मिकस्थल निर्माणका लागि गाउँपालिकाले ठेक्का लगाईसकेको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईका अनुसार मानेभन्ज्याङ बजारमा बौद्ध, किराँत र हिन्दु धर्मको आस्थाको केन्द्र निर्माण गर्नेगरी ड्रिम प्रोजेक्ट तयारी भईरहेको छ।
    गाउँपालिकाको वडा नं. २ रतन्छा साकेला पार्कमा पनि किराँत समुदायको बाजासहित किरात सभ्यता झल्कने थ्रीडी आर्ट गरिएको छ। साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभन्ज्याङमा सहिद पार्क, फोटो खिच्ने फ्रेम, प्रतिक्षालय लगायतका संरचना तयारी गरिएको छ भने कतिपय बन्ने चरणमा छन्।
    गाउँपालिकाको सम्पूर्ण चिनारीसहित भौगोलिक, सामाजिक वस्तुस्थिति समेट्नेगरी बाँझेच्यानडाँडामा पर्ने पर्यटकीयस्थल चखेवाभन्ज्याङ सिमानामा सौन्दर्यकरणको तयारी भईरहेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपलिकाको सिमाना बाँझेच्यानडाँडास्थित साप्सुखोलमा यसअघि नै गाउँपालिकाको प्रशासनिक केन्द्र, धार्मिक तथा पर्यटकीयस्थल समेटिएको चित्र ढुंगामा कोरिएको छ।
    संस्कृतिसँग जोडिएका कुराहरुलाई पर्यटन प्रवद्र्धन गरेर आम्दानीको स्रोत बनाउने उद्देश्यले सौन्दर्यकरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो। सौन्दर्यकरणको माध्यमबाट साकेला गाउँपालिकालाई सांस्कृतिक कुराहरुले सजिसजावट गर्दै प्राकृतिक कुरालाई प्रयोगमा ल्याई आधुनिकतासँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यले गाउँपालिका अघि बढीरहेको छ। गाउँपालिका अध्यक्ष राईले भन्नुभयो। ‘अन्य स्थानीय तह बाहेक साकेला गाउँपालिकाभित्र सडक सञ्जाल १२ महिना नै सञ्चालन हुन्छ आन्तरिक तथा बाह्य पर्यटक आउनलाई सहज छ।’गाउँपालिकाले फोहोरमैला व्यवस्थापनमा पनि अब्बल काम गर्दै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology