• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकालाई वातावरणमैत्री बनाउन बिरुवा रोप्ने अभियान

साकेला गाउँपालिकालाई वातावरणमैत्री बनाउन बिरुवा रोप्ने अभियान


समायोजन खबर
  • मंगलबार, असार ३१ २०८२

  • समायोजन खबर खोटाङ,साकेला गाउँपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ। गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले सडक किनारा, विभिन्न पार्क, सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरुमा वृक्षरोपण कार्य सुरु गरिएको हो।
    गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा स्थानीयवासी नागरिक, कर्मचारी तथा जनप्रतिनिधिहरुको टोलीले विभिन्न प्रजातिका विरुवा रोप्न सुरु गरेकोे हो। सोमबार गाउँपालिकाको वडा नम्बर २ रतन्छास्थित साकेला पार्कमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ।

    वातावरणीय रुपमा भुगोल र माटो सुहाउँदो प्रकारका ज्याकाराण्डा, धुपी, कल्की, अशोक, क्रिष्मश ट्रि, लालिगुराँस लगायतका विरुवा रोप्न सुरु गरिएको र यस वर्ष तीन हजार विरुवा रोप्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो।
    उहाँले पालिकालाई वातावरण मैत्री बनाउनका लागि यहाँका सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरू र सार्वजनिक पाटीपौवा लगायतका स्थानमा बोट बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको बताउनुभयो। गाउँपालिकाले गतवर्षसहित विगतका वर्षहरुमा पालिकाभरी करीव दश हजार विभिन्न प्रजातिका विरुवाहरु रोपेर संरक्षण गर्दै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology