• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कालिका भगवती तथा मझुवागढीमा बेलुका ७ बजेपछि प्रवेश निषेध

कालिका भगवती तथा मझुवागढीमा बेलुका ७ बजेपछि प्रवेश निषेध


समायोजन खबर
  • आइतबार, भाद्र १ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती तथा मझुवागढीमा बेलुका ७ बजेपछि प्रवेश निषेध गरिएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सौन्दर्यकरण गरेर झिलीमिली बत्तीसहित विभिन्न संरचान तयार गरेपछि राती अबेरसम्म मानिसहरुको आवतजावत हुँदा भिडभाड भएको तथा होहल्ला भएको भन्दै भदौ १ गतेबाट उक्त क्षेत्रमा प्रवेष निषेध गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए।

    राती मानिसहरुको भिडभाड हुने गरेको, होहल्ला भएको गुनासो आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवतजावतका लागि निश्चित समय निर्धारण गर्नुपर्ने राय सुझावपछि हाटडाँडामा रहेको मुख्य प्रवेशद्धारबाट कालिका भगवती तथा मझुवागढी क्षेत्रमा बेलुका ७ बजेपछि प्रवेश निषेध गरिएको प्रवक्ता घिमिरेको भनाई छ।

    यदि कोही व्यक्ति सो समयभन्दा अगाडी नै प्रवेश गरेको भए राती ८ बजेसम्म प्रवेशद्धार भन्दा बाहिर निस्कनु पर्ने र बेलुका ९ बजे पछाडी सम्पूर्ण बत्तीहरु बन्द गरिने सूचनामा जनाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology