• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुर्घटनाग्रस्त विमानको भग्नावशेषको खोजी

दुर्घटनाग्रस्त विमानको भग्नावशेषको खोजी


समायोजन खबर
  • सोमबार, माघ २९ २०७४

  • १२ फेब्रुवरी

    आपत्‌कालीन उद्धारकर्ताहरूले उडान शुरू भएको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको एउटा रूसी विमानको भग्नावशेषहरूको मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्।
    उक्त विमानमा सवार चालकदलका ६ सदस्य र यात्रु गरी ७१ जनाको मृत्यु भएको थियो।
    दुर्गम क्षेत्रमा विमान दुर्घटना भएकाले उद्धारकर्ताहरू पैदलमार्गबाट घटनास्थल पुगेका थिए।
    दक्षिण रूसको ओर्स्कतर्फ उड्ने क्रममा उसले आपत्‌कालीन अपिल भने जारी गरेको थिए।
    कतिपय प्रत्यक्षदर्शीले विमान आकाशमा नै टुक्रिएको जनाएका छन्।

    रूसी विमान दुर्घटना: सवार सबै ७१ जनाको मृत्यु

    विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित सबै ७१ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
    प्रत्यक्षदर्शीहरुले आगोको लप्काले छोपिएको विमान मस्कोको दक्षिण पूर्वमा पर्ने एक गाउँमा खसेको देखेका थिए।
    उडेको केहीबेरमा दुर्घटना भएको विवरणहरुमा जनाइएको छ।
    डेमडयड्भ विमानस्थलबाट उडेको दुई मिनेटमै विमानको राडार सम्पर्क टुटेको थियो।
    आपतकालीन सेवाका उद्धारकर्ताहरु घटनास्थलमा पुगिसकेका छन्।

    प्रतिबन्ध
    दुर्घटनामा परेको एन्टोनोभ १४८ विमान आन्तरिक उडानका क्रममा थियो।
    काजकस्तानसँगको सीमा नजिकैको एक शहर जान विमानले उडान गरेको थियो।
    विमानको सञ्चालक सारातोफ एयरलायन्सलाई सुरक्षासम्बन्धी प्रावधान उल्लंघन गरेको भन्दै झण्डै तीन वर्षअगाडि प्रतिबन्ध लगाइएको थियो।
    त्यति बेला उक्त एयरलायन्सका एक जना नजिकका नातेदारलाई विमानको ककपिटमा पाइएपछि त्यस्तो कारबाही गरिएको थियो।
    पछि उक्त प्रतिबन्धविरुद्ध अपिल गर्दै उसले केही नीतिमा सुधार गरेपछि सन् २०१६ बाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने अनुमति पाएको थियो।
    @bbc

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology