समानताका लागि बुलन्दआवाज’भन्ने मूलनाराका साथआउँदो २०१८ मार्च÷अप्रिलमा सर्वोच्च शिखर सगरमाथाआरोहणका लागि तयारी गरिरहेको ‘प्रथममहिलापत्रकार सगरमाथाआरोहण २०१८’ टोलीले शनिबार (डिसेम्बर ९, २०१७) प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायत सम्बन्धित पदाधिकारीसँग भेटघाट गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फ़ोनिज ) काठमाडौ जिल्ला शाखाको सयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यवाहक अध्यक्ष श्री श्रेष्ठले आरोहणार्थ आवश्यक सक्दो आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
उक्तकार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनज ) काठमाडौ जिल्ला शाखाका अध्यक्ष श्री मीरा राजभण्डारी अमात्य, नेपालपत्रकार महासंघका अध्यक्षगोविन्दआचार्य, सदस्य श्री सुदर्शन आचार्य, चेतोनाथ धमला,संगिता खडका, खिला बहादुर भण्डारी तथा काउनसीलका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा टोलिका तर्फबाट सह संयोजक कल्पना महर्जनले भावि सगरमाथा आरोहनको कार्यक्रम, लक्ष तथा उदेश्य बारे जानकारी गराउनु भयो । उक्त टोलीले हाल सम्म दोलखास्थित रोल्वालिङ्ग क्षेत्रमा सम्पन्न हिमाल आरोहणसम्बन्धी २५ दिने विशेष तालिम, २०१७ को बिहानको ८ः२५ बजे रामदुङ्ग हिमाल (५९२५ मि.) र नोभेम्बर २८, २०१७ को बिहानको ११ः५० बजे यालुङ्ग–री हिमाल (५६३० मि.) को सफलआरोहण गरी सकेका छन् ।
‘प्रथममहिलापत्रकार सगरमाथाआरोहण २०१८’ को टोलीमा पत्रकारहरु कल्पना महर्जन (मेगा टेलिभिजन), रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रिया लक्ष्मी कार्की (न्यूज २४ टेलिभिजन), रोजिता बुद्धाचार्य (वि.पि.कोइराला मेमोरियल प्लानेटेरियम, अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति ÷ नेपाल टेलिभिजन) र देउरालीचाम्लिङ्ग (स्वतन्त्र) लगायत पाँच महिला पत्रकार रहेका छन् । ‘प्रथम महिलापत्रकार सगरमाथाआरोहण २०१८’ टोलीलाइ हार्दिक शुभकामना !
फेाटेा,समाचार/बरिष्ठ पत्रकार मिरा राजभण्डारी अ।मात्य