समायोजन खबर खोटाङ, अन्तरिम सरकारको प्रधानमन्त्रीमा नेपालको पहिलो महिला पूर्वप्रधानन्यायाधी सुशीला कार्की नियुक्त हुनुभएको छ।
कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राती ९ बजे संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी प्रावधान रहेको छ। जसको उपाधारा ४ मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रेको जेनजीको आन्दोलनबाट भदौ २४ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताच्युत भएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभएको हो। कार्कीले पहिलो महिला सरकार प्रमुखको इतिहास रचेकी छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology