• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना

सोलुखुम्बुमा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना


समायोजन खबर
  • शुक्रबार, साउन ३ २०८२

  • समायोजन खबर खोटाङ, सोलुखुम्बुमा भौतिक पूर्वाधार विकास कार्यालयको स्थापना गरिएको छ। कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सल्लेरीबजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो।

    कार्यालयको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले शुक्रबार बिहान दीप प्रज्ज्वलन गरी ब्यानर वाचन गर्दै रिवन काटेर उद्घाटन गर्नुभएको छ।

    हाललाई कार्यालय जिल्ला समन्वय समितिको चारवटा कोठाबाट सञ्चालन गरिने गरी व्यवस्थापन गरिएको छ। कार्यालयमा कार्यालय प्रमुख ईन्जिनियर गंगा सागर यादवसहित दुईजना ईन्जिनियर र एकजना कार्यालय सहयोगी खटेका छन्। १२ जनाको दरबन्दी रहेता पनि कर्मचारी आउने क्रममा रहेको कार्यालय प्रमुख यादवले बताए।

    चालू आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय सोलुले २८ करोड बजेटको योजनाहरु सञ्चालन गर्नेछन्। सोलुमा पूर्वाधारको कार्यालय नहुदा शहरी सघन र पूर्वाधारको काम ओखलढुंगा पुगेर गर्नुपर्ने बाध्यता थियो।

    अब कार्यालय बसेसँगै कार्यालयले सडक, पूल, झोलुङगे पुल, शहरी सडक र भवन सम्बन्धी सम्पूर्ण कामहरुको सम्झौता, अनुगमन र भुक्तानीको काम गर्नेछन्।

    भौतिक पूर्वाधार विकासमन्त्री राईले मन्त्रीस्तरीय निर्णय गर्दै सातवटा पूर्वाधार विकास कार्यालय र चारवटा शहरी विकास तथा भवन निर्माण कार्यालयहरुलाई एकीकृत गरी कार्यालय नभएका बाँकी जिल्लाहरुमा कार्यालय राख्ने प्रस्ताव जेठ १९ गते मन्त्रीपरिषद वैठकमा राख्नुभएको थियो।

    मन्त्रीपरिषदको निर्णय अनुसार बाँकी जिल्लाहरुमा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय बमोजिम सोलुमा पूर्वाधारको कार्यालय स्थापना गरिएको मन्त्री राईले बताउनुभयो। मन्त्री राईले बिहीबार गृह जिल्ला खोटाङको दिक्तेलबजारस्थित हाँटडाँडामा भौतिक पूर्वाधार विकास कार्यालयको उद्घाटन गर्नुभएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology