इण्डोनेसियाका अधिकारीहरुले ज्वालामुखी विस्फोट हुने खतराका कारण बालीस्थित एकमात्र विमानस्थल दोस्रो दिन पनि बन्द राखेका छन्।
नजिकै बस्ने एक लाख मानिसलाई सुरक्षित रुपमा अन्यत्र सर्न सरकारले आग्रह गरिरहेको छ।
यद्यपि पहाडी क्षेत्रका मानिसहरुले सरकारी आग्रहलाई अझै सुनिसकेका छैनन्।
माउण्ट आगुङ्गबाट हजारौं मिटरको उचाइमा कालो ग्यास, खरानी र धुवाँ निस्किरहेको छ।
अधिकारीहरुका अनुसार त्यो छिट्टै ठूलो स्तरमा विस्फोट हुन सक्ने संकेत हो।
स्थानीय गाउँलेहरुलाई मास्क वितरण गरिएको छ।
मानिसहरुलाई शान्त तर सतर्क रहन भनिएको छ।
यसअघि सोमवार अधिकारीहरुले ठूलो विस्फोट हुने सक्ने आशंकामा सतर्कताको तह उच्चविन्दुमा पुर्याएका थिए।
ज्वालामुखीको खरानीले हवाईजहाजको इञ्जिनहरुमा क्षति पुर्याउन वा काम गर्न नसक्ने बनाउन सक्छ।

त्यसका साथै ज्वालामुखीको खरानीले विमानमा ईन्धन आपूर्ति र चिस्याउने प्रणालीमा अवरोध उत्पन्न गराउन सक्छ।
विमान चालकको ‘भिजिबिलिटी’मा पनि त्यसले असर पार्न सक्छ।
ज्वालामुखी विस्फोट हुने भनिएको पहाड प्रमुख पर्यटकीय क्षेत्र क्युटा र सेमिनियाकदेखि करिब ७० किलोमिटर टाढा पर्दछ।
@bbc
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology