चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि जिनपिङलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको छ।
चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ।
‘सि जिनपिङको नाममा राजनीतिक सिद्धान्त’
चीनले आफ्ना नेता कसरी चयन गर्छ?
कमजोर
पार्टीको विधानमा गरिएको अन्य संशोधनले राष्ट्रपति सिलाई थप शक्तिशाली बनाएको छ भने उनका प्रतिद्वन्द्वीलाई कमजोर तुल्याएको छ।
सन् २०१२ मा नेता भएपछि सिले क्रमिक रुपमा सत्तामाथि आफनो नियन्त्रण बढाउँदै लगेका छन्।
पछिल्लो संशोधनको अर्थ राष्ट्रपति सिलाई दिइने कुनै पनि चुनौतीलाई कम्युनिष्ट पार्टीको शासनका निम्ति खतराको रुपमा लिइनेछ।
गत हप्ता राष्ट्रपति सिको तीन घण्टा लामो भाषणबाट कम्युनिष्ट पार्टीको महाधिवेशन शुरु भएको थियो।
‘चीन विश्वको केन्द्रमा रह्ने बेला आयो’
मजबुत
त्यसबेला उनले पार्टीमा आफ्नो हैसियत थप मजबुत बनाउँदै आफ्नो छुट्टै राजनीतिक सिद्धान्त प्रस्तुत गरेका थिए।
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई चीनमा सबैभन्दा ठूलो राजनीतिक घटना मानिन्छ।
बीबीसीकी चीन सम्पादकका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नारा उच्चारण गर्न खासै सहज हुनेछैन।
तर चिनियाँ कम्युनिष्ट पार्टीका ९ करोड सदस्यका साथै विद्यालय एवं कलेजका विद्यार्थी तथा सरकारी कारखानाका कर्मचारीले पनि अब ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचारधारा’ पढ्नेछन्।
अनुशासित
‘नयाँ युग’ ले आधुनिक चीनको तेस्रो चरणलाई इंगित गर्दछ।
पहिलो चरणमा संस्थापक अध्यक्ष माओले गृहयुद्धले क्षतविक्षत भएको देशलाई एकढिक्का बनाए भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई समृद्ध बनाए।
यो नयाँ युगमा सिले देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै देशभित्र अनुशासित बनाएका छन् भने देशबाहिर सशक्त रुपमा प्रस्तुत गरेका छन्।
एक हप्ता लामो महाधिवेशनबाट दुई हजारभन्दा बढी प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगहरुका प्रमुख चयन गरेका छन्।
@BBC