• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

क्विन्टल भनिएको सुन गाल्दा ६० किलो ७१६ ग्राम मात्रै

क्विन्टल भनिएको सुन गाल्दा ६० किलो ७१६ ग्राम मात्रै


समायोजन खबर
  • मंगलबार, साउन ३० २०८०

  • समायोजन खबर खोटाङ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ। सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व अनुसन्धान र राष्ट्र बैंकका प्रतिनिधिसहित सुन गालेर जोख्दा १ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै भएको हो।

    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताउनु भयो । उहाँले टक्सार महाशाखामा ल्याउँदा बरामद भएको सुनको तौल १५५ किलो ४६८ ग्राम भएकोमा ब्रेक सु र कार्टुनहरु कच्चा पदार्थहरु छुट्याउँदा ६० किलो ७७९ ग्राम भएकोमा सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताउनुभयो।

    उहाँले गालेको सुन ३४ वटा बिस्कुट साँचोमा बनेको भन्दै त्यसमा ७३ ग्राम जति गएको बताउनुभयो। उहाँले सुनको गुणस्तर मापन गर्ने तयारी रहेको भन्दै सकेसम्म तीन दिन नभए सात दिन भित्रमा सुनको गुणस्तर सार्वजनिक गर्ने बताउनुभयो।

    राजश्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो। यो समाचार,फोटो हिमालय टाइम्सबाट साभार गरिएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology