• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अवैधरूपमा संचालित बालगृहबाट छ बालबालिकाको उद्धार, बालगृह बन्द गराइयो

अवैधरूपमा संचालित बालगृहबाट छ बालबालिकाको उद्धार, बालगृह बन्द गराइयो


समायोजन खबर
  • सोमबार, असोज ३० २०७४

  •  

    चितवन, ३० असोज । पूर्वी चितवनको रत्ननगरमा अवैधरूपमा सञ्चालनमा रहेको एक बालगृह आइतबार साँझ बन्द गराइएको छ ।
    रत्ननगर नगरपालिका वडा नं १३ मा अवैधरूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वल्र्ड नामक बालगृह बन्द गराउनाका साथै त्यहाँ रहेका छ बालबालिकालाई उद्धार गरिएको हो ।

    जिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत महेश पौडेलका अनुसार उक्त बालगृह लामो समयदेखि बिनादर्ता र मापदण्ड विपरीत सञ्चालन हुँदै आएकाले पटक पटक बालगृह दर्ता गरी आवश्यक मापदण्ड पूरा गर्न सञ्चालकलाई पत्राचार गर्दासमेत अटेर गरेकाले बन्द गराइएको हो । सो बालगृहका सञ्चालक ठाकुर पनेरु फरार छन् ।

    पत्रकार एवं स्थानीयवासीको रोहबरमा बालगृहबाट पाँच बालक र एक बालिकालाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उद्धार गरिएका उनीहरुलाई काठमाडौँको पारिवारिक पुनर्मिलन गराउने संस्था हिमाली नवीन समाजमा पठाइएको छ ।

    केन्द्रीय बालकल्याण समितिको सिफारिसमा ती बालबालिकालाई गएराति नै काठमाडौँस्थित उक्त समाजमा पठाइएको उहाँले बताउनुभयो । बालगृहमा रहेका बालबालिका जुम्ला, गोर्खा, दाङ, कास्की र चितवनका रहेका छन् । उनीहरु १० देखि १७ वर्षसम्मका रहेको उहाँले जानकारी दिनुभयो ।

    बालगृहमा १८ बालबालिका रहे पनि अहिले दशैँ तिहारका लागि अन्य बालबालिका भने आफ्नै घर र आफन्तकामा गएकाले हाल त्यहाँ भेटिएका बालबालिकालाई मात्रै उद्धार गरिएको थियो । उक्त बालगृह बालबालिकाका लागि उचित र सुरक्षित वातावरणको समेत नदेखिएको आइतबार बसेको बाल कल्याण समितिको बैठकले तत्काल उद्धार गरी बन्द गराउने निर्णय गरेको थियो । ती बालबालिकाको पठनपाठनलाई निरन्तरता दिई परिवारसँग पुनर्मिलन गराउने बताइएको छ ।

    जिल्लामा हाल ३० वटा बालगृह दर्ता भई सञ्चालनमा छन् । ती बालगृहमा ९४० बालबालिका रहेको उक्त समितिले जनाएको छ । दर्ता प्रक्रिया पूरा गर्न नसकेपछि केही बालगृह भने छात्रावासको नाममा सञ्चालनमा रहेको बालकल्याण अधिकृत पौडेलले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology