• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विश्व शेर्पा सम्मेलनमा पर्वतारोहणको चर्चा

विश्व शेर्पा सम्मेलनमा पर्वतारोहणको चर्चा


समायोजन खबर
  • मंगलबार, असोज २४ २०७४

  • काठमाडौंः आइतबारदेखि काठमाडौंमा शुरु भएको विश्व शेर्पा भेलामा हिमालको चर्चा बढेको छ । शेर्पा जातिको जीविकोपार्जनमा हिमालको भूमिका महत्वपुर्ण भएकाले यसलाई संरक्षण गर्नु पर्ने भेलामा मुख्य विषयका रुपमा छलफल हुँदै आएको छ ।
    हिमालमै बस्ने भए पनि यि जातिको हिमालसँगको प्रत्यक्ष सम्बन्धी सन् १९२२ देखि जोडिएको पाइन्छ । शेर्पा जाति र पर्वतारोहण पर्यवाचीको रुपमा चिनिए पनि पछिल्लो समयमा हिमालमा सयौ शेर्पाले अकालमै ज्यान गुमाउनु परेको भन्दै यसका लागि प्रभावकारी उद्धार व्यवस्था गर्न राज्यसँग विश्वका शेर्पाहरुले माग गरेका छन ।शेर्पा संघ पोर्चुगलका उपाध्यक्ष कामाछिरिङ शेर्पाले हिमालमा शेर्पाहरुले गरेको दुःखलाई राज्यले सम्मान नगरेको बताए । जीवन त्यागेर देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन शेर्पाहरुले काम देखाएकाले सुरक्षा र उद्धारमा सहयोग गर्न माग गरे ।

    सन् १९५३ २९ मे का दिन तेन्जिङनोर्गे शेर्पा र न्युजल्याण्डका नागरिक एड्मण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पश्चात हिमालमा मानवीय सम्बन्ध प्रगाढ बनेको छ । सगरमाथा आरोहण इतिहास देखि सन् २०१६ सम्मको तथ्याङकलाई हेर्दा चार हजार आठ सय ७९ ले सगरमाथाको सफल आरोहण गरीसकेका छन् । यसमा पनि ७० प्रतिशत शेर्पा रहेको छ ।

     

    विश्व कीर्तिमान कायम गर्नेहरुको होड पनि उत्तिकै चलेको छ । कीर्तिमान बनाउदै विदेशीने क्रम बढेको भन्दै शेर्पाहरुले आफ्नो देश प्रतिको सम्मान गर्न सबैमा अनुरोध गरेको थियो । भरिया, शेर्पा सरदारको उपाधीदेखि अहिले हिमचितुवाका उपमा समेत पाएका छन । हिमालमा देखाएको बहादुरी, लगनशिलता, इमान्दारीताले शेर्पाको इज्जत र हैसियतलाई माथि उठाएको पाइन्छ । पछिल्लो समय हिमाल आरोहणका क्षेत्रमा केही गल्ती कमीकम्जोरी, र नियतीवस नकरात्मक कामहरु पनि भएको भन्दै यसलाई शेर्पा समाजले सच्याएर अघि बड्नु पर्ने बहस भएको थियो ।

    अगुवाहरुले बनाएको बाटोलाई पछिल्लो पुस्ताले निरन्तरता दिन नसक्नु र गलत कृयाकलापहरु गरेर बिश्वमै नकरात्मक सन्देश पुग्ने गरेको छ । पर्यटक माथि हातपात, दुव्यवहार हुने गरेको छ । वेथिति कुसंस्कार र गलत कामले गर्दा हिमालसँग शेर्पाको दोस्रो पुस्ताको हिमालसँगको सम्बन्ध नाजुक बन्न थालेकाले सुधारका लागि अभियान चलाउनु पर्ने वहस चलेको छ ।

     

    सन् २०१० देखि २०१६ सम्मको तथ्याङकलाई हेर्दा एक हजार दुई २३ ले सगरमाथामा हाइअल्टीच्यूड वर्करको रुपमा आरोहण गरेका छन् यि शेर्पा हुन् । राज्यले २०१५ देखि हाइ अल्टीच्यूड वर्कर, सरदार, गाइडको भूमिकामा चुचुरो पुर्‍याउनेका लागि चुचुरो पुगेको प्रमाणपत्र दिन रोक लगाएकाले यसका लागि सरकारसँग सम्मानको माग गर्ने शेर्पाले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology