• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तारा एअर विमान दुर्घटना, १० जनाको शव काठमाण्डौ ल्याइयो

तारा एअर विमान दुर्घटना, १० जनाको शव काठमाण्डौ ल्याइयो


समायोजन खबर
  • सोमबार, जेष्ठ १६ २०७९

  • समायोजन खबर, मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ ।

    नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज सोमवार बेलुका काठमाण्डौ ल्याएको हो । प्रतिकूल मौसमका कारण ११ जनाको शव दुर्घटनास्थलमै रहेको र एक जनाको अवस्था अझै थाहा हुन नसकेको तारा एअरले जनाएको छ । सबै शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइनेछ ।

    हिजो आइतवार बिहान १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भिरमा ठोक्किएर दुर्घटना भएको थियो ।

    हिजो दिनभर खोज्दा नभेटिएको विमान आज बिहान भेटिएको थियो । विमानमा आगो नलागे पनि सिधै पहाडमा ठोक्किएकाले क्षतविक्षत अवस्थामा शवहरू भेटिएका नेपाली सेनाले जनाएको छ । विमानमा १६ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology